शुभेच्छा न्यूज
पर्वत । अबैध बच्चा जन्माएर घर नजिकैको कुलोमा बगाएको अभियोगमा पर्वतकी एक कुमारी आमा र उनका प्रेमी पुर्पक्षका लागि थुनामा परेका छन् ।
फलेवास नगरपालिका १०, कुर्घाकी १७ वर्षीया अविवाहित युवती र सोही ठाउँ बस्ने उनका प्रेमी मनबहादुर मल्ललाई जिल्ला अदालत पर्वतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
बच्चा जन्माएर हत्या गरी फालेको दुई दिनपछि पक्राउ परेकी ती युवतीले प्रहरीसलाई प्रेमी मनबहादुरले बच्चा जेसुकै गर भनेपछि बाध्य भएर मारेर फालेको बयान दिएकी छिन्।
न्यायाधीश सूर्यबहादुर थापाले ती किशोरी बालिका नै भएकीले बाल सुधार गृह सानोठिमी भक्तपुरमा पठाउन आदेश दिएको छ भने, उनका प्रेमी मनबहादुरलाई पर्वत जिल्ला कारागारमा थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएका छन् / उक्त बच्चा मनबहादुरको हो वा होइन भन्ने पत्ता लगाउन डीएनए परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।

Related