पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापतिलाई १० वर्ष कैद
/१८ आश्विन २०७५, बिहीबार ०३:२९ , प्रकाशीत
शुभेच्छा न्यूज
पर्वत : सामूहिक बलात्कारको मुद्दा चलाइएका पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति शिशिर क्षेत्रीलाई १० वर्ष कैद सजाय सुनाइएको छ। कुश्मा नगरपालिका–१ पाङ सहस्रधाराका २३ वर्षीय क्षेत्रीलाई न्यायाधीश सूर्यबहादुर थापाको इजलासले १० वर्षको फैसला सुनाएको हो।
क्षत्रीसहित दुई नाबालक र कुस्मा नगरपालिका ४ घुम्तीको एक होटल सञ्चालक २०७४ चैत १५ गते सामूहिक बलात्कारको अभियोगमा पक्राउ परेका थिए। क्षत्रीलाई मुलुकी ऐन अन्तर्गत कसुर ठहर गरी पाँच वर्ष र सांगठनिक अपराधमा संलग्न रहेको भन्दै थप पाँच वर्ष गरी थप १० वर्ष कैद सजाय सुनाइएको हो।
अन्य दुई बालकलाई उमेर नपुगेकले एक जनालाई पाँच वर्ष र एक जनालाई डेढ वर्ष सुधार गृहमा राख्ने फैसला भएको छ। अदालतले होटल सञ्चालक शेरबहादुर हमाललाई भने सफाइ दिएको छ।
अभियुक्तहरूलाई चैत १५ गते बागलुङको चैते दसैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो।

Related