• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकार सञ्चालनमा आउदैं

  •      /१८ आश्विन २०७५, बिहीबार ०५:३४ ,  प्रकाशीत
  • हिन्दू र बौद्ध धर्मावलम्बीहरूको एक महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथको दर्शन अबको ६ वर्षभित्र केबलकार मार्फत  गर्न पाइने छ । मुक्तिनाथदर्शन सेवा प्रालिले २०८१ भित्र सेवा दिने गरी निर्माण प्रक्रिया सुरु गरेको छ ।

    मुक्तिनाथ दर्शन सेवा प्रालिका प्रमुख कार्यकारी अधिकृत श्रीधर सापकोटाले कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्मको करिब ७५ किलोमिटर दूरीको केबलकार निर्माण गर्नको लागि प्रक्रिया सुरु गरिएको रातोपाटीलाई जानकारी दिए ।

    लगानी बोर्डको हालै सम्पन्न ३०औं बैठकले कम्पनीलाई विस्तृत अध्ययन गर्ने अनुमति प्रदान गरेसँगै प्रक्रिया अघिबढेको उनको भनाइ छ ।

    ‘अहिले परियोजनासम्बन्धी इन्सेन्सन रिपोर्ट तयार हुने क्रममा रहेको छ’, उनले भने, ‘इन्सेन्सन रिपोर्ट तयार भएपछि एलाइमेन्ट फिक्स गर्ने काम हुन्छ । लाइडर सर्भेको काम सकिएपछि डीपीआर सर्भे हुन्छ ।’
    अबको तीन वर्षमा यी प्रक्रिया पूरा गरेर आगामी २०८१ भित्र सेवा दिने लक्ष्य लिइएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए ।

    कम्पनीका रोपवे इन्जिनियर गुणराज ढकालका अनुसार उक्त केबलकार निर्माण गर्न खण्ड खण्डमा विभाजन गरिएको छ । जसअनुसार कास्कीको वीरेठाँटीदेखि घोरेपानीसम्म पहिलो, घोरेपानीदेखि तातोपानीसम्म दोस्रो, तातोपानीदेखि लेतेसम्म तेस्रो, लेतेदेखि मार्फासम्म चौथो, मार्फादेखि जोमसोमसम्म पाँचौँ, जोमसोमदेखि कागबेनीसम्म छैटौँ र कागबेनीदेखि मुक्तिनाथसम्म सातौँ खण्ड हुनेछ ।

    लम्बाइको हिसाबले संसारकै लामो केबलकारका रूपमा रहेको यो परियोजनालाई कम्पनीले महत्वकाङ्क्षी परियोजनाका रूमालिएको छ । विश्वमा अफ्रिकी मुलुक ग्याबनको केबलकार २५० किलोमिटर र स्विडेनको ९६ किलोमिटर लामो केबलकार रहे पनि त्यो सामान ढुवानीको लागि मात्रै प्रयोग हुने गरेकोे छ । मुक्तिनाथको दर्शन केवलकार परियोजना भने विशुद्ध पर्यटक ओसारपसारमा प्रयोग हुने छ ।

    कम्पनीका अनुसार स्रोत जुटाएर काम गर्दा निर्माण उति असहज नभए पनि मार्फा–कागबेनी खण्डमा भने तीव्र हावाचल्ने भएकाले केही कठीनाइ रहेको छ । करिब १५ किलोमिटरको यो खण्डमा दिउँसोको समयमा ५० किलोमिटर प्रतिघण्टाको बेगले हावाचल्ने हुँदा यात्रुको सुरक्षाका लागि उच्च प्रविधि अपनाइने छ ।

    ‘तीव्र गतिको हावाबहने मार्फा–कागबेनी खण्डमा हामीले गोन्डला (बाकस) को सट्टा रेलको जस्तो डिब्बा वा अरू उच्च प्रविधि अपनाउँछौं । यात्रा पूर्णतः सुरक्षित र भरपर्दो हुनेछ’, रोपवे इन्जिनियर ढकालले भने । अन्य स्थानमा भने गोण्डलाकै प्रयोग हुनेछ ।

    कठिन भौगोलिक बनावटका कारण मुक्तिनाथ पुग्नका लागि यातायातका साधनसमेत महँगो पर्ने गरेकोमा यो परियोजना बनेसँगै आर्थिक रूपमा पनि सस्तो पर्ने कम्पनीको विश्वास छ । केबरलकारले इन्धन बचत र पर्यावरणको संरक्षणमा समेत योगदानपुग्ने छ ।

    मुक्तिनाथको दर्शन केबलकार परियोजना सो क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण हुनुका साथै समग्र देशलाई नै चिनाउन पनि सहयोग पुग्ने छ ।

    प्रमुख कार्यकारी अधिकृत सापकोटाले केबलकार निर्माणका लागि करिब ३८ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको र त्यसका लागि विभिन्न अन्तर्राष्ट्रिय बैङ्कहरूसँग कुराकानी भइरहेको पनि जानकारी दिए ।

    आधा दर्जनका हाराहारीका विदेशी बैङ्क तथा कम्पनीले लगानीका लागि चासो देखाएको भन्दै आफूहरू यसबारे निर्णय लिने क्रममै रहेको कम्पनीले जनाएको छ । नेपाली बैङ्कहरूको महँगो कर्जा र पर्याप्त ऋण पनि नपाइने अवस्था रहेकाले विकल्प खोजेको प्रमुख कार्यकारी अधिकृत सापकोटाकोे भनाइ छ ।

    निर्माण सम्पन्न भएपछि एक दिशामा एक पटकमा १ हजार यात्रु बोक्ने क्षमता केबलकारले राख्ने बताइएको छ । कम्पनीका अनुसार ३ घण्टा १० मिनेटमा वीरेठाँटीबाट मुक्तिनाथ पुग्न सकिनेछ ।
    ratopati

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.