पोखरा महानगरले सहर उज्यालो कार्यक्रमलाई तिव्र पार्दै
/१८ आश्विन २०७५, बिहीबार १३:२६ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा। पोखरा महानगरले सहर उज्यालो कार्यक्रम अन्तर्गत पोखराका विभिन्न स्थानमा सोलार बत्ती जडान गर्ने कामलाई तिब्र पारेको छ।असोज महिना भित्रनै पोखराका विभिन्न स्थानमा ३५० थान सोलार जडान गर्ने योजनाका साथ महानगर अगाडी बढेको छ।महानगर क्षेत्र भित्रका केहि स्थानहरुमा ८० प्रतिशत महानगर र २० प्रतिशत जनसहभागितामा सोलार जडान गरिएको छ ।
महानगर भित्रकमा मुख्य स्थानमा महानगरको लागतमा सोलार जडान गरिएको महानगरका इन्जिनियर धुर्व भट्टराईले जानकारी दिए।पोखरा महानगरपालिकाले नागरिकको माग बमोजिमको सोलार बत्ती उपलब्ध गराउन नसकेपनि गतबर्ष टेन्डर प्रक्रियाबाट भित्राएका सोलार जडानले निरन्तरता पाएको छ।
महानगरले अब सोलारको साथै नेपाल बिध्युत प्राधिकरणको सहकार्यमा स्मार्ट सडक बत्तिलाई जोड दिने गरि योजना अगाडी बढाएको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका स्किय सचिव लक्ष्मण तिमिल्सिनाले बताए।
पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा यश अघि नै तिब्बत सरकारको सहयोगमा १ हजार थान सोलार बत्ती जडान गरिएको छ। त्यसैगरी महानगर रस्थानियहरुको सहभागितामा महानगर क्षेत्र भित्र ८ सय थान सोलार बत्ती समेत जडान गरिसकिएको छ ।
महानगरले उज्यालो पोखरा कार्यक्रम अन्तर्गत यश बर्षपनी बजेट बिनियोजन गरेको र यश बर्ष मर्मतको कामलाइ समेत प्राथमिकतामा राखी काम अगाडि बडाएको तिमिल्सिनाले बताए। महानगरले पोखराको फराकिलो सडक जिरोकिमी देखि बिन्ध्यवासिनी क्षेत्रमा समेत सोलार बत्ती जडानको काम सम्पन्न गरसकेको छ ।

Related