सेवा र सुविद्याको मागराख्दै आन्दालन गर्दै आएका वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी काममा फर्किए
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । विभिन्न माग राखेर एकसातादेखि आन्दोलन गर्दे आएका स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) का स्वास्थ्यकर्मी र कर्मचारीहरु काममा फर्किएका छन्।
विगत एक सातादेखि आन्दाालतरत कर्मचारी र प्रशासन बीच २ बुँदे सहमति भएपछि कर्मचारी काममा फर्किएका हुन् । सहमति अनुसार अस्थायी कर्मचारी स्थायी गर्न प्रक्रिया सुरु गर्ने, २०६४ का कर्मचारीको स्तर वृद्धि गर्ने सहमती भएको हो ।
पहिलो बुँदामा प्रतिष्ठानतर्फ दोस्रो सभा अगाडि कार्यरत सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी स्थायी गर्न आगामी सभा बैठकमा एजेन्डा प्रस्तुत गरि स्वीकृति गराई वा अनुमति लिई एक हप्ता भित्रमा एक पटकको लागि सिमित आन्तरिक विशेष प्रतियोगिता मार्फत प्रकृया थालनी गर्ने सहमति गरिएको छ ।
यस्तै दोस्रो बुँदामा ०६४ सालमा स्थायी कर्मचारीको स्तरवृद्धि सम्बन्धमा ०७५ साउन १ गते देखि लागु हुने गरि समायोजन तथा एक पटकको लागि असोज मसान्त भित्रमा एक तह स्तर वृद्धि गर्ने सहमति भएको छ ।
स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा एकसाता सम्म आन्दोलन गरिरहेका कर्मचरी र प्रशासनबीच सहमति भएको प्रशासनले जनाएको छ।सेवासुविद्याको मागगर्दै अस्पतालमा कार्यरत २९० जना कर्मचारी आन्दोलन गर्दै आएका थिए ।
Related