• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्की काँग्रसको नेतृत्वनै दोषी रहेकोले कारवाहीको हैषियत नरहेको पालिखेको भनाइ

  •      /१९ आश्विन २०७५, शुक्रबार ११:२७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पोखरा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष विश्वशंकर पालिखेले सहमतिमा संघको नेतृत्व चयनको वातावरण मिलाउने प्रयास गर्दा पूर्व अध्यक्षकै कारण सहमति भाँडिएकोले पूर्वअध्यक्ष लाई मिलाउन नसक्ने कास्की काँग्रसका अध्यक्ष कृष्ण केसी र साँसद बिन्दु थापासंग आफुलाई कारवाही गर्ने हैसियत नभएको बताएका छन्।

    काँस्की काँग्रसले रविन्सन प्रजुको पराजयपछि स्पष्टिकारण् सोधेसंगैं आक्रामक भएका पालिखेले सहमतिको प्रयासलाई तुहाउने पूर्व अध्यक्षलाई मिलाउन नसक्ने कास्की काँग्रेसको नेतृत्व नै दोषी रहेको भन्दै आफुलाई कारवाही गर्ने हैसियत नरहेको स्पष्ट पारेका छन्।

    पार्टी तपाईलाई कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण मागेपछि उनले शुक्रबार पोखरामा पत्रकार सम्मेन गरेर वडा अध्यक्षलाई ब्यवसायीको संस्थामा उम्मेदवार बनाउने पार्टी सभापति केसी र सांसद एवं पूर्व अध्यक्ष विन्दुकुमार थापाले नैतिक जिम्मेवारी लिने कि नलिने भन्दै पश्न गरे ।

    तिन वटा निर्वाचनमा पराजय भोगेका कारण कारबाही गर्न माग गदै केन्द्रमा लिखित उजुरी परेका ब्यक्तिले ब्यवसायीको संस्थाको विषयमा कारबाही गर्ने अधिकार नभएको बताउदै उनले भने,‘उद्योग वाणिज्य संघ राजनीति गर्ने थलो नरहेको स्पष्ट पारेका छन्।

    पालिखले पोखरा उद्योग वाणिज्य संघ काँग्रेसको भातृ संस्था नभएको भन्दै कारबाही गर्ने आधार नभएको जिकिर गरे । ‘उद्योग वाणिज्य संघ ब्यवसायीको संस्था हो, त्यसैले कारबाही गर्ने आधार छैन ।’

    यसअघि पालिखे संघमा निर्वा्चित हुँदा नेकपा एमाले पार्टीको नैतिक समर्थन थियो । त्यसबेलासम्म यो पटक जस्तो पार्टीगत प्यानल स्पष्ट देखिने गरी निर्वाचन भएको थिएन । काँग्रेसकै धेरै उम्मेदवार चुनावमा होमिएका थिए । यस पटक भने नेकपा निकट प्यानलमा दामु अधिकारी र काँग्रेस निकट प्यानलमा रविन्द्रबहादुर प्रजु प्यानलबीच चुनाव भएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.