पोखराको पालिखेचोकमा डोजर चल्यो लामो समयदेखिको बिवादित घर भत्कीए
/१९ आश्विन २०७५, शुक्रबार १२:०९ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । पोखराको पालिखेचोकमा यसअघि भत्काउन बाँकी रहेका सबै संरचना भत्काईएको छ ।चार दशक अघिदेखि विवादमा रहेका पालिखेचोकका घरहरु दुई महिना अघिदेखि भत्काउन सुरु गरिएको हो। वसन्त उदास, मिश्री उदास र दुधमान उदासको नाममा रहेको घर साउन दोस्रो साता भत्काइएको थियो । ओजोन बुक्स रहेको घर आज भत्काइएको हो ।
वडा नं ४ का वडा अध्यक्ष शंकर बास्तोलाले संरचना हटाईएसंगै पहिलो चरणको आँफूहरुको योजना सकिएको बताए । उक्त ठाउँमा सडक विस्तार संगै केहि भागमा गार्डेन निर्माण गरिने बास्तोलाले बताए ।
गत श्रावण १७ गतेदेखि पोखरा महानगरपालिकाको व्यस्त र साँघुरो बजार पालिखेचोकमा रहेका सडक मापदण्डभित्रका भत्काउन सुरु गरेको थियो । वडा कार्यालय र महानगरको संयुक्त पहलमा घरधनीलाई मुआब्जा दिएर घर भत्काईएको हो ।
यसअघि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमै मुआब्जा निर्धारण समितिले गरेको निर्णयअनुसार काम अगाडि बढाइएको हो । लामो समयदेखि विवादित रहेको पालिखेचोकका घर भत्काउन प्रयास गरिए पनि सफल हुन सकेको थिएन ।
साँघुरो चोक भएकाले पालिखेचोकमा गाडी जामको समस्यासमेत बढ्दै गइरहेको थियो । स्थानीयको बिरोधका कारण सम्भव भएको थिएन । त्यसपछि पोखरा उपत्यका नगर विकास समितिले पटकपटक यी घर भत्काउने प्रयास गरेका थिए ।
पोखरा नगरपालिकादेखि उपमहानगरका जनप्रतिनिधीको प्रयास पनि सफल भएन । तर अहिले भने जनप्रतिनिधीको काममा स्थानीयले पनि सहयोग गरे ।

Related