• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ठेक्कापट्टामा ब्रमलुट मच्चाउने पप्पु कन्स्ट्रक्सनका मालिकसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा

  •      /१९ आश्विन २०७५, शुक्रबार १३:१६ ,  प्रकाशीत
  • कठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्सट्रक्सनका पूर्व अध्यक्ष एवं सांसद हरिनारायणप्रसाद रौनियारसहित १२ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जना विरुद्ध मुद्दा दायर गरेको हो।

    सांसद रौनियाले प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि अध्यक्ष छोडेको कम्पनी पप्पु कन्सट्रक्सनले पुल निर्माण गरेको थियो। पप्पु कन्सट्रक्सनमा अहिले सांसद रौनियारका छोरा सुमित अध्यक्ष छन्।

    अख्तियारले दायर गरेको अभियोगपत्रमा सांसद रौनियार र उनका छोरा सुमितलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ४  बमोजिमको सजाय तथा १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो दाबी गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

    अख्तियारले एभरेष्ट इन्जिनियरिङ कन्सल्टेन्टका सञ्चालक कृष्णदेव यादव, डिभिजन सडक कार्यालय नेपालगञ्जका प्रमुख भानु जोशी, मनोज श्रेष्ठ तथा राजकुमार यादव, त्यही कार्यालयका निमित्त प्रमुख नवराज केसी, इन्जिनियरहरु प्रेमप्रसाद चुवाई, हरिबहादुर खड्का, दीपेन्द्रबहादु बिष्ट तथा सब इन्जिनियरहरु कर्मा तेन्जिन तामाङ र गोविन्द गैरे विरुद्ध मुद्दा दायर गरेको छ।

    जब्दिघाट पुल निर्माणका क्रममा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदा नै बांगो देखिएको र उद्घाटन नहुँदै भत्किने अवस्था आउनुमा निर्माणको प्रारम्भिक चरणदेखि अन्तिमसम्म गल्ती भएको अख्तियारले ठहर गरेको छ।

    अख्तियारले प्राविधिक कर्मचारीहरुबाट पनि लाइन लेभल तथा पिएर हाइटको सम्बन्धमा भएको गम्भीर लापरबाहीलाई नसच्याई त्रुटीपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रुपमा अनुगमन गरेको, फिल्डको नापजाँच हचुवाको भरमा गरेको, स्पेसिफिकेसनको दफा ११२ बमोजिम काम नभएको, स्पेसिफिकेनसको दफा १०४ बमोजिम निर्माण व्यवसायीबाट क्वालिटी एस्योरेन्स प्लान पेश गर्नलगाई स्वीकृत गरी निर्माण सामग्रीको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको तथा गुणस्तर प्रमाणित नभइकन नै भुक्तानी सिफारिस गरेको जनाएको छ।

    यसैगरी पुलका पाइलहरुको डेप्थ डिजाइन बमोजिम नभएको वा डिजाइनबमोजिम निर्माण नगरेको तथा निर्माण भएको पाइलहरुमा समेत क्याभिटिज भएको कारणले नै पाइलले भार लिन नसकी पुल भास्सिएको तथ्य प्राविधिक परीक्षण तथा विश्लेषणबाट पुष्टी हुन आएको अख्तियारले जनाएको छ।

    ४२५ मिटर लामो पुल १६ करोड ६८ लाख रुपैयाँमा निर्माण भएको थियो। गत वर्षको बाढीले पुल निर्माण सम्पन्न हुनुअघि नै भत्काइदिएपछि छानबिन थालिएको थियो।
    pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.