शुभेच्छा न्यूज
गाेरखा- यातायात व्यवस्थापन समितिले तत्काल सवारी भाडा बढाउन नपर्ने निर्णय गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय गाेरखामा बसेको बठैकले यस्ताे निर्णय गरेकाे हाे ।
सरकारले १० प्रतिशत भाडा बढाएको अबस्थामा जिल्लामा थप भाडावृद्धि गर्नुपर्ने कुनै अबस्था नरहेको निष्कर्ष निकालेको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । ‘सरकारले भर्खरै सार्वजानिक यातायातमा १० प्रतिशत भाडा बढाउने निर्णय गरिसकेको छ’ उनले भने ‘जिल्लामा फेरी थप निर्णय आवश्यक छैन भन्ने निष्कर्षमा हामी पुगेयौं ।’
‘कतिपय पहिले ग्राभेल भएका सडक अहिले काम नलाग्ने भएका छन त्यहाँ भाडा बढाउन पनि पर्न सक्छ’ उनले भने भने ‘पहिले राम्रो नभएका केही सडक अहिले ग्राभेल भइसकेका छन त्यहाँ भाडा घटाउन पर्ने अबस्था पनि छ ।’
बैठकले मनपरी भाडा असुल्नेलाई कारवाही गर्ने निर्णय पनि गरेको छ । सरकारले निर्धारण गरे अनुरुप व्यवसायीले भाडा लिए नलिएको अनुगमन गरी बढि लिएको भेटिए कानून अनुसार कारवाही गर्ने प्रजिअ भट्टराईले बताए ।
‘सबै सवारी साधनमा यात्रुले देख्ने गरी भाडा लिस्ट राख्न भनेका छौ’ उनले भने ‘कसैले बढि भाडा लिए यात्रुले हामीलाई खबर गर्न सक्नुहुनेछ हामी कारवाही गछौं ।’

Related