शुभेच्छा न्यूज
पोखरा ।फेसबुकमा महिलाको नग्न फोटो सार्वजनिक गरिदिएपछि २० वर्षीय दिवश कामत प्रहरीको फन्दामा परेका छन् ।जनकपुरधाम उपमहानगरपालिका–१० निवासी दिवश कामतले महिलाको नग्न फोटो फेसबुकमा सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कामतले फेसबुकको फेक आईडी बनाएर त्यस मार्फत केही समय अघिदेखि महिला साथीहरुसँग कुरा गर्दैआएका थिए ।च्याटकै क्रममा उनले महिलासँग अनैतिक सम्बन्धको लागि दबाव दिन थाले । महिला त्यसको लागि तयार नभएपछि उनको नग्न तस्बिर सार्वजनिक गरिदिएको बुझिएको छ ।
पीडित महिलाले कामत विरुद्ध प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले बताए । कामत विरुद्ध साइबर क्राइम अन्र्तगत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।
अघिल्लो साता मात्रै धनुषा प्रहरीले धनुषाको मिथिलाबिहारी नगरपालिका–३ निवासी ३४ वर्षीय ब्रह्मदेव पण्डितलाई अवैद्य रुपमा इन्टरनेट संचालन गरेको आरोपमा पक्राउ गरेको थियो।

Related