बढदो अपराधलाइ निस्तेज पार्न उल्लेखनिय भूमिका खेलेको भन्दै कास्की प्रहरीलाई सम्मान
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा ।अपराध अनुसन्धानमा उल्लेख्नीय काम गरेको भन्दै कास्की प्रहरीलाई किराँत सेवा समाज कास्कीले सम्मान गरेको छ । नेपालको पूर्वी भेगमा घर भइ विभिन्न कामको शिलशिलामा पोखरा बसोवास गर्नेहरुको समुह किराँत सेवा समाज कास्कीले अपराध अनुसन्धानमा उल्लेखनीय काम गर्न सफल भएको भन्दै कास्की प्रहरीलाई सम्मान गरेकोहो ।
समाजबाट सम्मानित हुनेहरुमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना मगर, कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की रहेका छन्।
पछिल्लो समय मुलुकमा बलात्कार, हत्या र यौन दुब्र्यवहारको घटना वढिरहदा कास्कीमा समेत यस्ता घटना घटेको र घटनामा संलग्नलाई १८ घण्टा भित्र पक्राउ गर्नुका साथै विभिन्न अपराधमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन सफल भएको भन्दै किराँत सेवा समाज कास्कीले कास्की प्रहरीलाई सम्मान गरेको हो ।
pokharelinews.com
Related