निर्माण व्यवसायीले काम नगर्दा बिकास र समृद्धीमा पछी प¥यौं :मन्त्री लम्साल
/२० आश्विन २०७५, शनिबार १४:०३ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । पोखरा,गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले निर्माणको जिम्मा लिएर काम नगर्ने निर्माण व्यवसायीहरुलाई कार्बाही गरेरै छाड्ने बताएका छन् ।
शनिवार निर्माण व्यवसायीहरु आवद्ध भई सञ्चालन गर्दै आएको निर्माण बचत तथा ऋण सहकारी संस्था लि.कास्कीको सातौँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लम्सालले निर्माणको जिम्मा लिएर समयमै काम नसक्ने र गुणस्तरयुक्त काम नगर्ने जोकोही लाई पनि अब राज्यले छुट दिन नसक्ने बताए ।
‘निर्माणको जिम्मा लिने र पेश्की रकम बुझिसकेपछी पनि समय होल्ड गरी विकास अधुरो बनाउने तथा काम नगर्ने निर्माण व्यसायीहरुको नाम लिस्ट सार्वजनिक गरी हामी कार्बाही गर्छौ,मन्त्री लम्सालले भने” निर्माण गर्ने जिम्मा लिएर काम नगर्नु मुलुक र जनता प्रतिको बेईमानी हो” ।
मन्त्री लम्सालले निर्माणको जिम्मा पाएको निर्माण कम्पनी वा ठेकेदारले समयमै काम सम्पन्न गर्न नसक्दा नेताले जनताको गाली खान परेको बताए । ‘सडक निर्माण गर्ने जिम्मा एउटा निर्माण व्यवसायीले पाउछ, उसले काम गरिदिन्न अनी जनताले नेतालाई गाली गर्छन् मन्त्रीले निर्माण व्यवसायीहरु लाई भने’ अब तपाई जनता प्रति उत्तरदायी भएर काम गर्नुहोस्’ ।
उनले देशको समग्र पूर्वाधारहरुको निर्माण गर्ने काम निर्माण व्यवसायीको भएको भन्दै काममा पारदर्शिता,गुणस्तरीयता र निष्पक्षता देखाउन निर्माण व्यवसायीलाई आग्रह गरे । सरकारले ठुलाठुला राष्ट्रिय गौरवका आयोजनाहरु निर्माण गर्ने जिम्मा निर्माण व्यवसायीहरुलाई दिएको उल्लेख गर्दै मन्त्री लम्सालले ति आयोजनाहरुको काम अलपत्र अवस्थामा पुग्दा देशले विकासमा कुनै गति लिन नसकेको बताए ।
‘काम सम्पन्न गर्छु, भनी निर्माणको जिम्मा लिने तर निर्माण व्यवसायीले समयमै काम नगर्दा त्यस्ता विकासका आयोजनाहरु अलपत्र परेका कारण देशले विकासमा सन्तोषजनक फड्को मार्न नसकेको बताए ।

Related