• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा– बागलुङ्ग सडक चौबिसै घण्टा खुल्ला हुने

  •      /२१ आश्विन २०७५, आईतवार ०३:२७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पर्वत /दैनिक ७ घण्टा बन्द हुँदै आएको मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड शनिबार देखि चौबिसै घण्टा खुल्ला हुने भएको छ ।
    दशैं र मुक्तिनाथ जाने तीर्थालु तथा पर्यटकको सुबिधालाई ध्यानमा राखेर सडक बन्द कार्य शनिबार देखि खुल्ला गरिएको हो । सडक बिस्तारका लागि पर्वतको सिमाना अँधेरीखोला देखि खरेहा गेट सम्म असोज १ गते देखि २० गते सम्म दैनिक सात घण्टा बन्द हुँदै आएको थियो ।

    लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवा देखि बेतनी बिचको माहुरी भिर र दोबिल्ला देखि चुवा सम्मको चुवा भीरमा सडक फराकिलो बनाउने काम भैरहेको छ । अहिले पनि सडक मर्मत गर्दा यात्रुलाई मर्का नपर्ने गरि जाम हुँदा साथ सवारीका साधन वारपार गराउने काम भैरहेकोे निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीले जानकारी दिएको छ ।

    दशैं शुरु हुने र मुक्तिनाथ पुग्ने पर्यटकको चाप बढ्ने भएकाले सडक बन्द नगरि काम गरिने निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले बताए । ‘अर्को सुचना जारी नभए सम्म सडक बन्द हुँदैन’ उनले भने ।

    आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा पर्वत खण्ड स्तरउन्नतीको कामको ठेक्का लिएको छ ।

    अहिले सम्म १५ प्रतिशत काम सकिएको म्यानेजर भुसालले जानकारी दिए । अहिले सबै ठाउँबाट काम शुरु गरिएको र दशै तिहारपछि कामलाई अझै तीब्र बनाउने निर्माण कम्पनीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.