• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपा गण्डकी प्रदेशका पदाधिकारी जिल्ला दौडाहामा

  •      /२२ आश्विन २०७५, सोमबार १४:३६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले मातहतका ११ जिल्ला पार्टीहरुलाई सक्रिय पार्ने अभियान सुरु गरेको छ । पार्टी एकतापछि गण्डकी प्रदेशमा बनेको पार्टीको प्रदेश स्तरीय संयन्त्रले जिल्ला संयन्त्रहरु बनाएर बैठक सुरु गरेको हो ।

    त्यसक्रममा शनिवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा गोर्खा संयोजन समितिको वैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना भएको प्रदेश अध्यक्ष हितराज पाण्डे उत्तमले जानकारी दिए ।

    प्रदेश संयोजन समितिले पार्टी जिल्ला संयोजन समिति कास्कीको बैठक आईतवार सम्पन्न गरेको सोमवार स्याङ्जाको बैठक आयोजना गरिने भएको छ ।
    गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इञ्चार्ज पृथ्बीसुब्बा गुरुङ तथा सह इञ्चार्ज खगराज अधिकारी, अध्यक्ष पाण्डे र सचिव गोबिन्द नेपालीको समेत उपस्थितीमा हुने यस्तै बैठकहरु नवलपुरमा यही असोज २३, तनहुँमा असोज २४ तथा पर्वत, म्याग्दी , बाग्लुङ, र मनाङमा असोज २५ र लमजुङमा असोज २६ गते आयोजना हुनेछन् । मुस्ताङको मिति पछि तय गरी पार्टीको प्रदेश कार्यालयले जनाएको छ ।

    अन्तरिम रुपमा बनेको पार्टीको समन्वय समितिलाई पार्टीका पुर्ववत् गतिविधि तलसम्म सञ्चालन गर्न प्रदेशका नेताहरुले निर्देशन दिएका छन् ।

    नेकपा गण्डकी प्रदेशले प्रदेशका स्थानिय निकायहरुको काममा एकरुपता ल्याउनका लागि कार्तिक २२ गते सोमवार बिहान पार्टीको जिल्ला कार्यालय शान्ति बनबाटिकामा प्रदेशका सबै स्थानिय निकायका प्रमुख र उपप्रमुखहरुको भेला समेत आयोजना गरेको पार्टीका प्रदेश सचिव गोबिन्द नेपालीले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.