शुभेच्छा न्यूज
पोखरा ।आईसीसी विश्व टि–ट्वान्टी एसिया पुर्वी क्षेत्रिय छनोट अन्तर्गत चौथो खेलमा नेपालले भुटानविरुद्ध ११७ रनको जित निकालेको छ। यसअघिका तीन खेल जितेको नेपालले चौथो खेलमा भुटानलाई १५१ रनको चुनौति दिएकाे थियो। जवाफि व्याटिङमा उत्रेकाे भुटानका व्याटसम्यान भने अंक बटुल्न निकै समस्या पर्यो।
भुटानका ३ खेलाडीले खाता खोल्न सकेनन् भने एक खेलाडीले मात्रै दोहोरो अंक बटुले। व्याटिङ तर्फ नेपालका प्रदीपसिंह ऐरीले नट आउट ७५ रन बनाएका थिए।
बलिङमा उत्रेका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। ओभरमा अलआउट गर्ने क्रममा संदीप लामिछानेले ३ ललितनारायण राजवंशीले ३ बसन्त रेग्मीले २ विकेट र दिपेन्द्रसिं ऐरी १ र सरद भेषवाकरले १ विकेट लिएका छन्। यसअघि नेपालले दुई खेल ८ विकेट र एक खेल १४० रनको जित निकालेको थियो।

Related