• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निर्मला पन्त हत्याको घटना शव र लुगा पखाल्ने दुई प्रहरी निलम्बित

  •      /२३ आश्विन २०७५, मंगलवार ०५:१२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा ।१३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना अनुसन्धानमा लापरबाही गरेको भन्दै थप दुई प्रहरी निलम्बनमा परेका छन्। समितिको प्रतिवेदनका आधारमा दुई जनालाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाल क्षेत्रीले जानकारी दिए।

    घटना भएको दिन निर्मला पन्तको शवको लुगा पखाल्ने चाँदनी साउद र सई हरसिंह धामीलाई निलम्बन गरिएको हो। साउदले निर्मलाको शवको कपडा पखाल्न र तिघ्रा सफा गर्न कसैले नभनेको सरकारले गठन गरेको छानबिन समितिलाई बयानमा बताएकी थिइन्।

    भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिस अनुसार यसअघि नै ६ जना प्रहरीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। निलम्बनमा पर्नेहरूमा एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन्।

    घटनामा प्रहरीप्रति शंका बढेपछि गृह मन्त्रालयले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई भदौ ९ निलम्बन गरेको थियो। डिएसपी जिसी केन्द्रीय अनुसन्धान व्यूरोबाट अनुसन्धान गर्ने गएका प्रहरी हुन्। निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार दिनपछि अनुसन्धानका लागि सिआइवीको टोली कञ्चनपुर पुगेको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.