कास्की मालपोतबाट ५० हजार घुससहित २ कर्मचारी समातिए
/२४ आश्विन २०७५, बुधबार ०३:३५ , प्रकाशीत
पोखरा । ५० हजार रुपैयाँ घुससहित मातपोत कार्यालय कास्कीका दुई कर्मचारी समातिएका छन् । ५० हजार रुपैयाँ घुस लिँदै गर्दा कर्मचारी ख्याम नारायण पौडेल र खरिदार सञ्जय शर्मालाई मंगलबार पौने ५ बजे कार्यालयबाटै पक्रेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले घुस लिँदै गर्दा कर्मचारीलाई समातेको हो ।
जग्गा धितोबन्धक राख्न आएका सेवाग्राहीसँग उनीहरुले घूस लिएका थिए । छिटो काम गर्ने भन्दै ती कर्मचारीले सेवाग्राहीसँग घूस लिएको अख्तियार स्रोतले जनाएको छ । बैंकमा जग्गा धितो राख्न ढिला हुँदा ऋणदर बढ्ने भन्दै हतारिएका सेवाग्राहीको समस्या देखेर अत्तो थाप्दै कर्मचारीले घूस लिएका हुन् ।ती कर्मचारीलाई अख्तियारले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।

Related