विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, शोभायात्रामा उल्लेख्य सहभागि
तपाईको प्रतिक्रिया





पोखरा ।वडादसैंको अवसरमा पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा आजदेखि नवदुर्गा महोत्सव सुरु हुँदैछ । नवरात्रीको नौ दिनसम्म चल्ने महोत्सव सुरुवातको अवसरमा घटस्थापनाको दिन विहानै शोभायात्रा निकालिएको छ।
विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको शोभायात्रा मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक , रामकृष्णटोल, गणेशटोल हुँदै पुनः मन्दिरमा पुगेर महोत्सवमा परिणत भएको थियो।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष एवं वरिष्ठ समाजसेवी गणेश बहादुर श्रेष्ठका अनुसार शोभायात्रामा नवदुर्गाको ९ रुपको झाँकी, एकसय आठ कलश, मन्दिरको झाँकी, बिभिन्न भजन समुह, जातिय भेषभुषा, साँस्कृतिक झाँकीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्काउट, आमा समुह तथा धार्मिक, सामाजिक, बैँक तथा वित्तिय संस्था एवं शैक्षिक संघसंस्थाका गरी करिब ८ हजार श्रद्धालुको सहभागिता रहेको थियो ।
असोज २४ गते घटस्थापनाको दिनदेखि महानवमीको दिनसम्म दैनिक भागवत कथा बाचन हुनेछ। नवरात्रीभर बिहान साढे ४ बजेदेखि साँझ ८ बजेसम्म मन्दिर दर्शनको लागि खुल्ला राखिने छ ।
Related