शुभेच्छा न्यूज
पोखरा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले नेकपाको सिट गुम्ने गरी वामदेव गौतमलाई उप निर्वाचनमा नउठाउने दाबी गरेका छन्। काठमाण्डौं ७ को चर्चा बढिरहेको जनाउँदै उनले भने ‘पार्टीले निर्णय गर्न त बाँकी छ, म के मात्रै भन्न सक्छु भने हाम्रो सिट गुम्ने गरी चुनाव हुँदैन।’ यस बारेमा बुधबार पनि प्रधानमन्त्रीसँग कुरा भएको उनले बताए।
निर्वाचनको समयमा ताप्लेजुङको चुनावी भाषणमा योगेश भट्टराइलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको आश्वासन पुरा गरिने बताए। ओलीले भट्टराईको चुनावी सभामा सम्बाेधन गर्दै उनलाई जिताएर पठाउन सर्वसाधारणसँग आग्रह गरेका थिए।
ओलीले जिताएर भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका थिए। प्रचण्डले तत्कालीन समयको अोलीको भाषण स्मरण गर्दै भने ‘प्रधानमन्त्री र म बसेर त्यसलाई छिट्टै पूरा गर्नेछौं।’
पर्वहरुको अवसरमा ताप्लेजुङ जिल्लाले गरेको शुभकामना तथा चियापान कार्यक्रममा प्रचण्डले जनताले सुशासनको अपेक्षा अनुरुप गर्न नसकिएको स्वीकारे। सर्वसाधारणको अपेक्षा पूरा गर्न पार्टी तथा सरकारमा गम्भीर छलफल रहेको बताए। उनले भने ‘राम्रै गृहकार्य गरी जनताको माग सम्बाेधन गर्ने तयारीमा छौं।’कम्युनिस्टलाई अवसर र चुनौती दुबै आएको उनले बताए।

Related