शुभेच्छा न्यूज
पोखरा/पोखराको फेवातालमा ‘पौडी म्याराथन’ हुने भएको छ । नेपाल पौडी संघ र कास्की जिल्ला पौडी संघको आयोजनामा आठौँ सँस्करणको खुला पौडी प्रतियोगिता हुन लागेको हो ।
आयोजकले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो । यो प्रतियोगितामा सहभागी हुने पौडीबाजहरुले २ हजार ५ सय मिटरको लम्बाईमा प्रतियोगिता गर्नुपर्ने आयोजकले बताएको छ । देशी विदेशी सबैखाले पौडीबाजले भाग लिन पाउने यो प्रतियोगिता आगामी २६ गते फेवातालमा हुनेछ ।
‘फेवातालको बाराहिघाटबाट पारिपट्टी लिचि गार्डेन पुगेर पौडीबाजहरु पुनः बाराहिघाट फर्कने रुट हामीले बनाएका छौँ ।’ नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले भने–‘लामो डिस्टेन्सको पौडी प्रतियोगिता भएकैले हामीले यसलाई म्याराथनको रुपमा लिएका हौँ ।’ यसअगाडिका वर्षहरुमा पनि फेवातालमा प्रतियोगिता हुँदै आएको थियो ।
विज्ञहरुका अनुसार फेवातालको पानी पौडी खेल्नका लागि उपयुक्त छैन । यद्यपी आयोजकले यो प्रतियोगितामार्फत फेवाताल सरसफाई र संरक्षणको सचेतना पनि फैलाउने उद्देश्य राखेका छन् । त्यो सँगै फेवाताललाई ‘पौडी म्याराथन’का लागि विश्वकै आकर्षण केन्द्रको रुपमा स्थापित गरि पर्यटन प्रबद्र्धन गर्ने आफूहरुको लक्ष्य रहेको कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेलले बताए ।
आयोजकले दिएको जानकारी अनुसार खुला पौडी प्रतियोगितातर्फ प्रथम हुनेले २५ हजार रुपैयाँ, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । आयोजकले स्थानिय खेलाडीहरुलाई पनि प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गरिने बताएको छ ।

Related