कास्की प्रहरी प्रमुख ओम रानालाई गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले पछि बढ्दो अपराधलाई रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेवापत कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम राना उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मानबाट सम्मनित भएका छन्।
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये कास्कीका प्रमुख रानाले समाजमा शान्ति सुब्यवस्था कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यलयले सम्मान गरेको हो।
प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेशले आयोजना गरेको प्रहरी दिवसको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा राना सहित कास्कीका ४ जना प्रहरी अधिकृतहरु सम्मान भएका छन ।
कास्कीका ब्यापक प्रहरी कर्मचारी परिचालन गरी अपराध रोकथाम तथा नियन्त्रण गर्ने, सामुदायिक सेवा केन्द्रहरु परिचालन, सवारी दुर्घटना न्युनीकरण, लागुऔषध ओसारपसार एवं सेवन नियन्त्रण, फरार अपराधीहरुको पक्राउ गर्नुको साथै समग्र जिल्लाको शान्ति सुरक्षा कायम गर्न सफल भएको भन्दै गण्डकी (चार नम्बर प्रदेश) प्रहरी कार्यालय पोखराले कास्की प्रहरी प्रमुख ओम रानालाई उत्कृष्ट कार्यालय प्रमुखको रुपमा सम्मान गरेको हो ।
प्रहरी दिवसको अवसरमा अपराध रोकथाम तथा अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्कीलाई पनि सम्मान गरिएको छ ।
त्यसैगरी प्रदेश प्रहरी कार्यलयले कास्कीको ट्राफिक ब्यवस्थापनमा विशेष योगदान पु¥याएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक ऐन बहादुर मल्ल, जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी सहायक निरिक्षक सन्तोष सुवेदीलाई उत्कृष्ट अनुसन्धान अधिकृतको विद्यामा सम्मानीत गरेको छ ।
गण्डकी प्रदेशमा उत्कृष्ट साहसिक कार्य तर्फ ससस्त्र प्रहरी गण मुख्यालय पोखराका प्रहरी जवान ओम बहादुर सोमै, उत्कृष्ट साहसिक कार्य (प्राकृतिक प्रकोप उद्दार तर्फ) जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी नायब निरीक्षक हीरा थापा मगर, उत्कृष्ट कार्यालय व्यवस्थापन तथा अनुसन्धान तर्फ वडा प्रहरी कार्यालय वालिंग स्याङ्जाबाट प्रहरी निरीक्षक शंकर प्रसाद आचार्य र उत्कृष्ट प्रहरी कार्य तर्फ गण्डकी प्रदेश (४ नं. प्रदेश) प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरी सम्मानित भएका छन ।
Related