• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

धनुषामा १० वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या

  •      /२७ आश्विन २०७५, शनिबार १५:१२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    जनकपुरधाम /दसैंको पूजा हेर्न गएकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। धनुषाको औरही गाउँपालिका २ परवाहा निवासी राम अशिष यादवकी १० वर्षीया छोरी मनिता यादवको बलात्कार पछि हत्या भएको हो।

    शुक्रबार राति ९ बजे घरमा खाना खाएपछि घर नजिकै रहेको दुर्गा मन्दिरमा मेला हेर्न गएकी मनिता रातभर घर नफर्केपछि मनिता हराएको भन्दै इलाका प्रहरी कार्यालय औरहीमा खबर गरेका थिए।

    प्रहरी तथा परिवारका सदस्य मिलेर खोज्दै जाँदा मृतकको घरबाट एक किलोमिटर पश्चिममा रहेको धान खेतमा मृत अवस्थामा फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए।

    शवको प्रकृति हेर्दा नांगो अवस्थामा रहेको र शरीर भइ हिलो माटो लागेको देखिएको थियो। शवको परीक्षण पश्चात मात्रै बलात्कार भएको वा नभएको पुष्टि हुने नायब उपरीक्षक साहीले बताएका छन्। शव परीक्षणका लागि जनकपुर अंचल अस्पतालमा पठाइएको छ।

    अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सोही गाउँपालिका ५ का ३२ वर्षीय विनोद मुखिया र औरही गाउँपालिका ३ पर्वाहाका ३० वर्षीय नथुनी पण्डित रहेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.