नवौ ‘लिगलिगे राजा’को उपाधि जिते नेपाली सेनाका अनिष थापा मगरले
/२८ आश्विन २०७५, आईतवार १०:५४ , प्रकाशीत
शुभेच्छा न्यूज
गाेरखा- नवौ लिगलिगे दौडमा पर्वत जिल्लाका नेपाली सेनामा कार्यरत अनिष थापा मगर प्रथम भएका छन । उनले चेपेघाट देखि लिगलिगकोट दरबारसम्म १३ दशमलव ८० किलोमिटरको लामो दौड प्रतियोगितामा ५८ मिनेट २५ सेकेण्डमा पार गरी प्रथम भएका हुन् ।
याे दौडमा उनी तेस्राे पटक पुन: प्रथम भएका हुन । दौडमा पहिलो हुने मगरलाई राजा घोषणा गरिने छ । उनले श्रीपेचको साथमा साठी हजार एक सय रुपैयाँ पगरी,मेडल र ट्रफी पाउने छन्।
नेपाल एकीकरण अघिको बाइसे–चौबिसे साना राज्यमध्ये लिगलिग कोट राज्यमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो। पहिले दौड जुन अभिप्रायबाट सुरु भएको भएपनि अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिग कोट भ्रमणका लागि आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए।
वि.सं. १६०४ मा सुरु भएको दौडलाई पछिल्लो समय २०६७ बाट पुनः निरन्तरता दिन थालिएको हो। राजा द्रव्य शाहको उदयपछि तत्कालीन समयमा दौडको अन्त्य भएको इतिहास छ। पहिलो लिगलिगे दौडमा दलसुर घले मगर विजयी भई राजा भएको जनविश्वास छ।
गोरखा जिल्लाका ३९ वटाकोटहरुमध्ये लिगलिगकोट एक हो । लिगलिगकोट नेपाल एकिकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो ।

Related