• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारले तोकेका संरक्षित क्षेत्रमा प्रबेश गर्ने आन्तरिक तथा बाह्यि पर्यटकलाई प्रवेश शुल्क बढ्यो

  •      /३० आश्विन २०७५, मंगलवार १३:२१ ,  प्रकाशीत
  • दीपक परियार
    पोखरा/तीन संरक्षित क्षेत्रमा नेपाली नागरिकले पनि प्रवेश गर्न शुल्क तिर्नुपर्ने भएको छ । सरकारले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अन्नपूर्ण, मनास्लु र गौरीशंकर संरक्षण क्षेत्रमा नेपालीलाई पनि प्रवेश शुल्क तोकेको हो ।

    प्रकाशित सूचना अनुसार अन्नपूर्ण (एक्याप), मनास्लु (एमक्याप) र गौरीशंकर संरक्षण क्षेत्र (जीक्याप) प्रवेश गर्न नेपालीले एक सय रुपैयाँ बुझाउनुपर्छ। राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) अन्तर्गत रहेका संरक्षण क्षेत्र आयोजनाका काउन्टरबाट परमिट लिनुपर्छ।

    सार्क मुलुक र अन्य विदेशी पर्यटकको प्रवेश शुल्कमा पनि वृद्धि गरिएको छ। सार्क मुलुकका नागरिकलाई दुई सयबाट बढाएर एक हजार रुपैयाँ प्रवेश शुल्क पुर्‍याइएको छ।

    सार्क बाहेकका मुलुकका पर्यटकले यसअघि करसहित २ हजार २ सय ६० रुपैयाँ बुझाउँदै आएकामा अब तीन हजार रुपैयाँ बुझाउनुपर्ने छ। एक्यापमा पदयात्रा गर्न जाने पर्यटकले काठमाडौंको भृकुटीमण्डप, पोखराको ड्यामसाइड र लमजुङको बेंसीसहरमा रहेको काउन्टरबाट परमिट लिन्छन्।

    सरकारले बिना जानकारी प्रवेश शुल्क तोकेकोमा पोखराका पर्यटन व्यवसायीले आक्रोश व्यक्त गरेको छ। ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) पोखरा च्याप्टरका अध्यक्ष हरि भुजेलले नेपालीलाई कर लगाउने विषयमा आफ्नो आपत्ति रहेको जनाए।

    ‘पहिले देश, अनि विदेश भन्ने सरकारको नारा नै छ,’ उनले भने, ‘२०२० मा २० लाख पर्यटक भित्रयाउने भनिएको बेलामा नेपालीलाई पनि कर लगाउने विषय खेदजनक छ।’ उनले ६ महिनाअघि सूचना गरेर मात्रै मूल्य बढाउनु पर्नेमा एक्कासी बढ्दा अचम्मित भएको बताए। यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँग बुझ्दा उनले अनविज्ञता प्रकट गरेको भुजेलले सुनाए।

    एक्यापका परियोजना प्रमुख राजकुमार गुरुङले भने स्थानीयलाई प्रवेश शुल्क नलाग्ने बताए। ‘पर्यटकका रुपमा जाने नेपालीलाई मात्रै परमिट लिनुपर्ने व्यवस्था गरिएको हो,’ उनले भने, ‘स्थानीयको हकमा कसरी व्यवस्थापन गर्ने भन्ने भइसकेको छैन।’

    उनले नेपालीको अनुगमन कसरी गर्ने भन्ने चुनौति कै विषय रहेको उल्लेख गरे। भने, ‘दसैंपछि नेपालीको हकमा कसरी गर्ने भन्ने छलफलमा आउँला।’ उनका अनुसार एक्यापले सोमबार दिउँसो सूचना प्रकाशित भएको समयदेखि नै परिमार्जित शुल्क लिएर पर्यटकलाई परमिट जारी गरेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.