• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दशैंमा मुस्ताङबाट झरेका ३० करोडका भेडाच्यांग्रा बिक्री

  •      /३१ आश्विन २०७५, बुधबार ०५:०८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    बेनी / यस वर्षको दसैंका लागि हिमाली जिल्ला मुस्ताङबाट करिब ३० करोड रुपैयाँ मूल्य बराबरका भेडाच्यांग्रा बिक्री गरिएको छ। मुस्ताङ, डोल्पा, मुगु र तिब्बतबाट ल्याइएका १६ हजार ७०० भेडाच्यांग्रा म्याग्दी हुँदै देशका विभिन्न बजारमा बिक्रीका लागि पठाइएको हो।

    १३ हजार नौ सय ८५ च्यालु (भेडा) र दुई हजार सात सय १५ वटा च्यांग्रा बिक्री भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख पशु चिकित्सक जीवन आचार्यले जानकारी दिए। म्याग्दी, बागलुङ, पर्वत, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौं, सिन्धुपाल्चोकका व्यापारी भेडाच्यांग्रा किन्न जोमसोम पुगेका थिए।

    नेपाल खाद्य संस्थानले मुस्ताङबाट ९२५ वटा च्यांग्रा राजधानी काठमाडौं लगेको केन्द्रको जोमसोमस्थित सेवा केन्द्रका प्रमुख पशु चिकित्सक शिव भुसालले जानकारी दिए। जोमसोममा च्यांग्रालाई प्रतिगोटा २० देखि २२ हजार र भेडा प्रतिगोटा १७ देखि १९ हजार सम्ममा किनबेच भएको थियो।

    ‘सरदर मूल्य अनुसार मुस्ताङबाट यस वर्ष ३० करोड रुपैयाँको हाराहारीका भेडाच्यांग्रा बिक्री भएको देखिन्छ’, पशु चिकित्सक भुसालले भने, ‘निकासी भएकामध्ये ९० प्रतिशत मुस्ताङका किसानले पालेका हुन्। स्वास्थ्य परीक्षण गरेरमात्र निकासी गर्न दिएका छौं।’ तिहारका लागि थप पाँच हजार भेडाच्यांग्रा निकासी हुने अनुमान गरिएको भुसालले बताए।

    जोमसोम हुँदै हिडाएर म्याग्दीको बेनी ल्याइएका भेडाच्यांग्रा बेनीदेखि ट्रकमार्फत ढुवानी गरेर देशका विभिन्न ठाउँमा पु¥याइएको छ। मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङ लगायत ठाउँका किसानले व्यावसायिक भेडाच्यांग्रा पालन गरेका छन्।

    अघिल्ला वर्षको तुलनामा जोमसोममै भेडाच्यांग्राको मूल्य महँगो भएको व्यापारी पशुपति शिलवालले बताए। तीन महिना हिँडेर भेडाच्यांग्रा बेच्न म्याग्दी आएका मुगुका बुगेन लामाले स्थानीय तहलाई ठाउँठाउँमा कर तिर्नुपर्दा मर्कामा परेको गुनासो गरे।

    हिमाली क्षेत्रको जडीवुटीयुक्त चरन क्षेत्रको घाँस खाएर हुर्किएका भेडाच्यांग्राको मासु स्वास्थ्यवद्र्धक र स्वादिलो हुने भएकाले दसंैमा लेकाली भेडाच्यांग्राको मासुको खपत धेरै हुने गर्छ।अन्नपुर्णपोष्टबाट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.