• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘रेडलाइट एरिया’को आवश्यकता र ढोँगी मानसिकता

  •      /१ कार्तिक २०७५, बिहीबार १४:२० ,  प्रकाशीत
  • कृष्णप्रसाद सापकोटा

    केही साताअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एक अभिव्यक्ति एकाएक चर्चामा आयो । पर्यटन प्रवद्र्धनका लागि सुझाव लिने उद्देश्यले होटल संघ नेपालद्वारा पोखरामा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा मुख्यमन्त्री गुरूङले कार्यक्रमको विषयसुहाउँदो नयाँ बहस सतहमा ल्याएका थिए ।

    उनको अभिव्यक्तिको सार थियो– ‘मुलुकमा रेडलाइट एरियाको बहस सुरु गर्नुपर्ने बेला आएको छ, जब लुकीछिपी यौनधन्दा चलिरहेकै छ भने रेडलाईट एरिया निर्धारण गरी व्यवस्थित तवरले सञ्चालन गर्न किन नदिने ?’ अझ उनले यौन व्यवसायलाई कार्ड सिस्टममा लगेर राज्यले कर असुल्न सक्ने धारणासमेत प्रकट गरे ।

    उनको यस धारणाले तीव्र चर्चा मात्र पाएन, पक्ष र विपक्षमा देशैभर विभिन्न टीका–टिप्पणीसहितका प्रतिक्रिया व्यक्त गरिए । यो विषयले सडकदेखि सदनसम्मै तताउन पुग्यो । आफूलाई आधुनिक जमानाका नारी भन्न रुचाउनेहरू समेत मुख्यमन्त्री गुरूङको ‘क्रान्तिकारी’ धारणाको विरुद्ध वक्तव्यबाजीमा उत्रिए ।

    ‘रेडलाइट एरिया’ आवश्यक रहेको र यसबारेको बहस निकै ढिलो भइसकेको भनी पक्षमा प्रतिक्रिया जनाउनेहरूको आवाज अपेक्षाविपरीत मधुरो मात्र सुनियो । सबभन्दा दुःखको कुराचाहिँ के भइदियो भने त्यसपछि मुख्यमन्त्री गुरुङले ‘रेडलाइट एरिया’को पक्षमा थप बोलेको सुन्न पाइएन । अर्थात्, आफ्नो अभिव्यक्ति सही थियो भनी उनले थप प्रष्टिकरण तथा तर्क दिन सकेनन् । यसमा उनको आफ्नै प्रकारको बाध्यता हुन सक्छ ।

    वास्तवमा रेडलाइट एरिया निर्धारित गरिनु आवश्यक छ कि यो सामाजिक विकृति नै हो त भन्ने सन्दर्भमा बहस गर्न ढिलो भइसकेको छ । यौन व्यवसायसम्बन्धी विषयलाई सधैँ एक आपसमा गुपचुप या अनौपचारिक कुराकानीमा मात्र सीमित तुल्याएर राख्नु भनेको सामाजिक रूपले पिछडिनु मात्र हो । समाज पिछडिनुको अर्थ देश नै पछि पर्नु हो । के नेपाल अझै पछि परिरहने त ?

    यौन व्यवसायको इतिहास खोज्दै जाने हो भने इसाको १८औं शताब्दीमा आएर रेडलाइड एरिया सुरु भएको पाइन्छ । ग्रिस साम्राज्य हुँदै अमेरिका, फ्रान्स, अष्टे«लिया लगायतका पश्चिमी मुलुकमा फैलिएको यो धन्दा व्यवस्थित रूपले सञ्चालन भएको छ । नेदरल्याण्डले वेश्यावृत्तिलाई कानूनी मान्यता दिएको छ भने कैयन विकसित मुलुकमा ‘रेडलाइट एरिया’मार्फत यो व्यवसाय व्यवस्थित गरिएको छ ।

    थाइल्याण्डको कुल बजेटको ३० प्रतिशत हिस्सा यौन पर्यटनले ओगटेको हुँदा उक्त मुलुक यौन पर्यटनकै कारण प्रख्यात छ । यौन पर्यटनलाई अलग्याएर आज थाइल्याण्डको सुदृढ अर्थव्यवस्थाको परिकल्पना गर्न सकिँदैन ।

    थाइल्याण्डको कुल बजेटको ३० प्रतिशत हिस्सा यौन पर्यटनले ओगटेको हुँदा उक्त मुलुक यौन पर्यटनकै कारण प्रख्यात छ । यौन पर्यटनलाई अलग्याएर आज थाइल्याण्डको सुदृढ अर्थव्यवस्थाको परिकल्पना गर्न सकिँदैन ।

    धेरै परसम्म पुगिरहनै पर्दैन, हाम्रै छिमेकी देश भारतमा पनि अघोषित रेडलाइट एरिया व्यवस्थित तवरले चलिरहेकै छ । समाजले बर्जित ठानेको तर समाजले नै जीवित राखेको यो व्यवसाय पछिल्लो समय झन् मौलाउँदै छ भन्दा अत्युक्ति ठान्नुपर्ने आधार छैन । यस्तो माहोलमा बढ्दो यौन व्यवसायको श्रृङ्खलाले नेपाललाई पनि प्रभावित नगर्ने सवाल नै रहँदैन ।

    तथापि, नेपालको कानूनले यौन पेसालाई अवैध ठानेको छ । त्यसैले त मुख्यमन्त्रीकै तहबाट रेडलाइट एरियाको आवश्यकता सार्वजनिक तवरमै उठेको हो । अनि, घरबाहिर यौनको आनन्द उठाउन पनि खोज्ने तर ‘यस्तो कुरा बर्जित हुनुपर्छ’ पनि भन्ने ढोँगी मानसिकतालाई नङ्ग्याउनै पर्ने आवश्यकता पनि यसैकारण देखिएको हो ।

    हामी खुलेर भन्न र स्विकार गर्न डराउँछौं । कुनै नाङ्गो तस्बिर वा भिडियो आयो भने हामी सबै हेर्न उत्सुक हुन्छौँ, लुकीलुकी हेर्छौं तर बाहिर नैतिकवान आदर्शवान देखिन पनि उत्तिकै प्रयत्न गर्छौं । आजको समाजमा यौनका भोका र अतृप्त आत्माहरू जताततै छन् । यस्ता अतृप्त आत्माहरू आदर्शको खोल ओढेर अन्धकारमा सिकार खोज्न भौंतारिइरहेका छन् ।

    शरीर बेचेर माथि पुग्ने स्त्री र शरीर किनेर वा मागेर पद–पैसा बाँड्ने पाखण्डीहरूको पनि कमी छैन हाम्रो समाजमा । त्यसैले यदि कसैलाई आफ्नो शरीर बेच्न र कसैलाई किनेर मन बहलाउन अनि जिन्दगी चलाउन मन छ भने बाटो खुला गरिदिनु पर्छ । बरु त्यसलाई कसरी कानुनी दायरामा ल्याई मर्यादित बनाउने विधि निर्माण गरौँ जसले गर्दा कसैले यौनको भोककै लागि अबला र कलिला बालिकाहरूको बलात्कार नगरोस् ।

    हाम्रो समाजले विवाह नगरी यौनसम्बन्ध राख्न हुन्न भन्थ्यो र आज पनि भन्छ । त्यसो भन्नुको एउटा मुख्य कारण यौन अनुशासन कायम गर्नु हो भने अर्को चाहिँ यौनसम्पर्क पछि हुनसक्ने गर्भाधान र त्यसले अविवाहित युवतीको जीवनमा ल्याउन सक्ने सामाजिक समस्या पनि हो । विवाहअघि कुनै युवती गर्भवती भइन् भने समाजले तिरस्कार गर्छ ।

    तर, विज्ञानको विकाससँगै गर्भनिरोधका लागि अनेक विधि वा साधनको विकासका कारण यससम्बन्धी समस्या निराकरणमा ठूलो टेवा पुगेको छ । अब वयस्क युवायुवतीहरूले कोसँग यौनसम्बन्ध राख्ने वा नराख्ने, कसरी राख्ने भन्ने कुरा उनीहरूको चाहना र अधिकारकै कुरा भएको छ । वास्तवमा आपसी सहमतिमा जो कसैले बन्द कोठाभित्र सम्बन्ध राख्न पाउनु उनीहरूको व्यक्तिगत अधिकारको कुरा हो ।

    विश्वका थुप्रै देशमा यौन व्यवसायलाई निमिटान्न पार्न खोजियो, तर अन्ततः रेडलाइट एरिया घोषित भएपछि मात्र यौन व्यवसाय व्यवस्थित बन्न सकेका उदाहरण छन् ।

    प्राचीन ग्रन्थहरूमा समेत विश्वमा वेश्यावृत्ति आदिम कालदेखि अस्तित्वमा थियो भनेर पढ्न पाइन्छ । यौनकर्मी र वेश्यावृत्ति धेरै देश र समाजमा छन् भन्ने कुरा कसैबाट लुकेको छैन, चाहे तीदेशमा कानुन बनाएर कर उठाइएको होस् वा नहोस् । कसैले रहर वा सौखले त कसैले बाध्यताले पैसा वा आनन्दका लागि शरीरको किनबेच गरिरहेका हुन्छन् ।

    मानिसको यौनचाहना कुनै कानुनको धारा लगाएर रोक्न सकिने कुरा होइन भन्ने कुरा पुष्टि हुने अनेक उदाहरण संसारमा छन् । पछिल्लो तथ्याङ्कअनुसार संसारका ७७ देशले वेश्यावृत्तिलाई पूर्ण रूपमा कानुनी मान्यता दिएका छन् भने ११ मुलुकले आंशिक रूपमा मान्यता प्रदान गरेका छन् ।

    कानूनले नदिँदा पनि फस्टाएको यौन व्यवसायले संस्कृति परम्परालाई चुनौती नदिएको होइन, वास्तवमा यही चुनौती सामना गर्नका लागि पनि यसलाई वैधानिक तुल्याउनु आवश्यक छ । विश्वका थुप्रै देशमा यौन व्यवसायलाई निमिटान्न पार्न खोजियो, तर अन्ततः रेडलाइट एरिया घोषित भएपछि मात्र यौन व्यवसाय व्यवस्थित बन्न सकेका उदाहरण छन् ।

    नेपाल जस्तो विपन्न मुलुकमा जबर्जस्ती यसलाई रोक्न खोज्नु बालुवामा पानी हालेर फसल उमार्न खोज्नु जस्तै हो । त्यसैले यौन व्यवसायलाई निमिट्यान्न पार्नेतिर लाग्नुको साटो कानुन बनाएर वैधानिकता प्रदान गर्नुको विकल्प देखिँदैन ।

    समाजमा व्याप्त बलात्कार र यौनहिंसाका पछाडि यौन–बन्धनको पनि मुख्य भूमिका छ । तसर्थ, यौन अपराध रोक्न निकै हदसम्म सहयोग पनि गर्ने भएकोले कसैलाई शरीर किन्न र बेच्न मन छ भने कुनै निश्चित ठाउँ छुट्याइदिनै पर्छ । जसले गर्दा कुनै रोकटोक अनि भयबिना मानिसहरूले आफ्नो चाहना पूरा गर्न पाऊन् ।

    सहमतिमा माया साट्न कुनै होटल वा लजमा पुगेका जोडीलाई तर्साउने र सामाजिक रूपमा मानमर्दन गर्ने अपराध अब राज्य वा राज्यका कुनै निकायले गर्नु मनासिव ठहरिँदैन ।सहमतिमा कुनै होटल वा लजमा माया, प्रेम साटिरहेका जोडीलाई अवैधानिक क्रियाकलाप गरेको भन्दै पक्रिएर बेइजत गर्नु घोर अमानवीय कर्म हो ।

    नेपालमा यौनजन्य अपराध बढ्नुको कारण नै यौनजन्य गतिविधिलाई निकै सङ्कुचित रूपमा हेरिनु, निकै गोप्य राखिनु, यसको बारेमा खुला रूपमा बोल्न, लेख्न तथा छलफल गर्न हिचकिचाउनु हो ।

    यदि हामीकहाँ पनि विकसित मुलुकमाझैँ यौनलाई खुला रूपमा व्यवसायिक तवरबाट ब्यवस्थित गरिएको हुँदो हो त कुन्ठित यौनइच्छा तृप्तिका लागि कसैले कसैको बलात्कार गर्ने तथा बलात्कारजन्य हत्याहिंसाका घटनामा निकै कमी आउने थियो भनी दाबीका साथ भन्न सकिन्छ ।

    सहमतिमा कुनै होटल वा लजमा माया, प्रेम साटिरहेका जोडीलाई अवैधानिक क्रियाकलाप गरेको भन्दै पक्रिएर बेइजत गर्नु घोर अमानवीय कर्म हो । सहमतिमा कोठाको चुकुल र झ्यालका पर्दा लगाएर कोठाभित्र सुत्नु कसरी गैरकानुनी हुन्छ ? यो सवालमा गम्भीर भई सोच्नु र आवश्यक व्यवस्था गर्नु कुनै पनि लोकतान्त्रिक राज्यको दायित्व हो ।

    यसर्थ, मुख्यमन्त्री गुरूङले आफ्नो प्रदेशको सन्दर्भमा जुन धारणा सार्वजनिक गरे, यसलाई अन्यथा अर्थमा लिनु, व्याख्या गर्नु वा आलोचनाको विषय बनाउनु फोस्रोपन या ढोँग मात्रै हो । जति नै रोक्न खोजिए पनि यस्तो धन्दा चलिरहेकै छ ।

    व्यवसाय भएकै छन् । बेकार पुलिसले समात्ने अनि रकमको चलखेल गरेर छुट्ने–छुटाइने प्रवृत्ति फष्टाएको छ । यस्तो गर्नु झन् ठूलो विकृति, अन्याय र मानवाधिकार विरोध विषय हो ।

    अहिले भइरहेको प्रवृत्तिले समाजलाई फाइदा नपुग्ने तर्क जसरी मुख्यमन्त्री गुरुङले गरे, यो जायज अभिव्यक्ति हो । उनले भनेजस्तै गरी खास एरिया तोकेर सम्बन्धित व्यवसायीलाई कार्ड उपलब्ध गराउन सकिन्छ । प्रहरी या सरोकारवाला निकायले अनुगमन गर्नुपर्दा त्यही कार्ड देखाउँछ । सबभन्दा ठूलो कुरा त उसले सरकालाई कर पनि तिर्छ ।

    वास्तवमै यस्तो कामलाई व्यवस्थित गर्न नसके, या लुकेर यौन व्यवसाय गर्न विवश बनाइराखे यसबाट समाजलाई हानी मात्र पुग्छ । व्यक्ति पाखण्डी बन्न खोजे पनि सिङ्गै राज्य अब पाखण्डी नबनोस्, यौन व्यवसायलाई व्यवस्थित गर्ने तदारुकता देखाइहालोस् ।

    रिपोर्ट नेपाल डटकममा प्रकाशित यस लेख गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बि सुब्वा गुरुडले उठान गरेको बिषयसंग सम्न्धित भएकोलले प्रस्तुत गरिएको हो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.