• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दशैं टीका थाप्न निर्मल निवासमा सर्वसाधारणको घुइँचो

  •      /२ कार्तिक २०७५, शुक्रबार १३:११ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    काठमाडौं ।राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका लगाइदिनुभएकाे छ । ९ बजेर ५१ मिनेटको शुभसाइतमा टीका तथा जमरा ग्रहण गरेसँगै राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका लगाईदिनुभएकाे हाे ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न १ बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिएर अपराह्न २ बजेदेखि सर्वसाधारणलाई टीका लगाईदिनुभएको थियो । राष्ट्रपतिको हातबाट टीका लगाउन बृद्ध–बृद्धा, अशक्त समेत पुगेका थिए ।

    यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टीका ग्रहण गरेसँगै सर्वसाधारणलाई टीका लगाइदिनुभएकाे थियाे । अपराह्न ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटार सर्वसाधारणका लागि खु्ला गरिएको थियो ।

    उता, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि विभिन्न दलका नेता, शुभचिन्तक तथा सर्वसाधारणलाई टीका लगाईदिनु भएकाे छ ।  निर्मल निवासमा टीका ग्रहण गर्नेहरुकाे लामै लाइन लागेकाे देखियाे /
    पूर्वराजाले गत वर्ष सर्वसाधारणलाई टीका लगाइदिनुभएकाे थिएन । यस वर्ष भने राजतन्त्रप्रति झुकाव राख्ने राजनैतिक व्यक्तित्वदेखि सर्वसाधारणसम्म पूर्वराजा-रानीकाे हातबाट टीका तथा जमरा ग्रहण गर्न निर्मल निवास पुगेका थिए ।

    पूर्वराजा शाहले यस वर्ष विजयादशमीको दिन टीका थाप्न निर्मल निवास पुगेका सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि टीका जमरा लगाइदिनुभएकाे हाे । राप्रपाका अध्यक्ष कमल थापाले पनि सधैँझैँ यस सालकाे दशैँमा पनि पूर्वराजा-रानीबाट टीका ग्रहण गर्नुभएकाे छ ।

    अपराह्न तीन बजेदेखि निर्मल निवासमा पूर्वराजा शाह र रानी कोमलले सर्वसाधारणलाई टीका लगाईदिनु भएकाे थियाे । टिका लगाउन निर्मल निवासमा  सर्वसाधारणको घुइँचो लागेकाे थियाे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.