८ महिने नाबालिकाको बलात्कारपछि हत्या गरि फरार रहेका अभियुक्त पक्राउ
/३ कार्तिक २०७५, शनिबार १३:२२ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा।महोत्तरीबाट अपहरणमा परेकी नाबालिकालाई बलात्कारपछि हत्य गरि फरार अभियुक्त ५३ दिनपछि पक्राउ परेका छन् ।महोत्तरीको औरही नगरपालिका १ मा फेन्सी तथा कस्मेटिक पसल सञ्चालन गर्ने सन्तोष चौधरीकी ८ महिने नाबालिका सोनालीको अपहरण पश्तात करणी गरी हत्या गर्ने फरार अभियुक्त भरत साह सुनसरीबाट पक्राउ परेका हुन् ।
नाबालिका भदौ १० गते रक्षा बन्धनको दिन अपहरणमा परेकी थिइन् । भोलिपल्ट भङगहा नगरपालिका ७ मा रहेको आँपको बगानमा जबरजस्ती करण पश्चात हत्या गरि फालिएको अवस्थामा नाबालिकाको शव फेला परेको थियो ।
घटना अनुसन्धान र पसलमा रहेको सीसी क्यामेरा फुटेजका आधारमा प्रहरीको खोजी सूचिमा रहेका भङगहा नगरपालिका ७ का वर्ष २६ का भरत साहलाई सुनसरीको कोशी ब्यारेजबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
सिमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको प्रहरी टोलीको चेकिङका क्रममा साह पक्राउ परेका हुन् । चेकिङका क्रममा शंकास्पद गतिविधिका आधारमा साहलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Related