• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सामाजिक सञ्जालमा राष्ट्रपति भण्डारीले टिका लगाइदिएको तस्विर भाइरल बन्यो,दास्रो श्री ५ बन्नखोजेको सर्वसाधारणको आरोप

  •      /५ कार्तिक २०७५, सोमबार ११:२० ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज
    पोखरा ।। संघीय गणतन्त्र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको टीका लगाउने क्रममा खिचिएका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । शुक्रबारदेखि सुरु भएको टीका लगाएका तस्वीहरुका विषयलाई लिएर राष्ट्रपति भण्डारीमाथि नेपालको ‘दोस्रो श्री ५ महाराज’ बन्न लालायित भएको भन्दै जनआक्रोश सामाजिक सञ्जालभर पोखिएको छ ।

    राष्ट्रपति भण्डारीमाथि हजारौंले हजारौं तरिका नकारात्मक आचोचना गरिरहेका छन् । सर्वसाधारणदेखि विशिष्ठ ब्यक्तित्वहरुले राष्ट्रपतिसँग टीका ग्रहण गर्नेक्रममा घुँडा टेकाइएका तस्वीरहरु भाइरल भएका हुन् । राष्ट्रपति भण्डारी कुर्सीमा बसेर टीका ग्रहण गर्न आउनेलाई घुँडा टेकाउँदै टीका लगाइएको तस्वीरका कारण राष्ट्रपतिको छविमै प्रश्नचिन्ह उठेको छ ।

    वरिष्ठ पत्रकार किशोर नेपाल लेख्छन्,-‘घुँडा टेकेर टीका थाप्ने ‘प्रजा’ र घुँडा टेकाउने राष्ट्रपति । गणतन्त्रको नेपाली संस्करण । हावा, पानी, माटो सुहाउँदो । अरू के नै चाहियो र ?’ त्यस्तै युवा सञ्चारकर्मी रबि लामिछाने लेख्छन्, ‘रैती नै हुन रुचाउने चाकडीवाज र राजा-रानी नै हुन रुचाउने नव-महाराज-महारानीहरु जो घुँडा टेक्छन-टेकाउँछन्,गणतन्त्र नेपालमा पनि जनताको बाटो रोकेर सवारी चलाउँछन् । म चाहिँ अब कसैले सवारी भन्दै बाटो रोक्यो भने मरिगए पनि रोकिन्न।’

    sorce >cpostnews

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.