• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कालीगण्डकी लोकमार्गको पुल अलपत्र,पुलको निर्माण शुरू नहुँदा स्थानीय आक्रोशित

  •      /७ कार्तिक २०७५, बुधबार ०४:५६ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज सम्वाददाता

    पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको देवीस्थान–कुर्घा खण्डमा पर्ने लमाए खोलाको पक्की पुल अलपत्र परेको छ । निर्माण कम्पनीको लापर्बाहीका कारण पुल अलपत्र परेको हो ।

    खोलामा पुल बनाउन नयाँ बाटो गौचन जेभी कास्कीले सम्झौता गरेको थियो । कम्पनीले काम छोडेर सम्पर्कविहीन भएपछि पुलको काम अगाडि बढेको छैन ।झण्डै ५ करोड १३ लाखको अनुमानित लागतमा पुल निर्माण हुने सम्झौता भएको थियो ।

    मोटरेबल पुल २५ मिटर लामो र ११ मिटर चौडाइको रहेको छ । निर्माण कम्पनीले मोटरेबल पुलको काम गर्ने जिम्मा लिए पनि हालसम्म फाउण्डेशनको काम पनि शुरू गरेको छैन । २०७६ साल असारसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भए पनि पुलको निर्माण कार्य शुरू नहुँदा स्थानीय आक्रोशित भएका छन् ।

    लोकमार्गको फलेवास नगरपालिकादेखि मोदीखोलासम्म ९ किलोमिटर सडक खनी सकिएको छ । यस खण्डमा पर्ने मोदीखोलाको पुलको आधा काम सकिएको छ । तर, लमाएखोलाको पुल भने शुरू नै भएको छैन ।

    ‘पुल बनेको भए यो सडकमा गाडी गुडिसक्ने थियो,’ फलेवास–६ का वडाध्यक्ष भोलानाथ भुसालले भने, ‘पुल नबनेपछि लोकमार्ग नै अधुरो भयो ।’ १ वर्षअगाडि जिम्मा लिएको काम निर्माण व्यवसायीले शुरू नगर्दा आफूहरूलाई टाउको दुखाइ भएको वडाध्यक्ष भुसालले बताए । फलेवास–मोदीबेनी सडक खण्डमा दुईओटा पुल बनेमा लोकमार्गको पर्वतखण्ड छिचोलिने बताइएको छ ।

    स्थानीयले गुनासो गरेपछि स्थानीय र जनप्रतिनिधिका साथै सांसद पदम गिरीले पुल निर्माण स्थलको अवलोकन गरेका छन् । सम्बन्धित निकायलाई तत्काल यस विषयमा ध्यानाकर्षण गराउने भन्दै आगामी मङ्सिरदेखि निर्माण कार्य अगाडि बढाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.