• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

धनधान्यकी देवी लक्ष्मीको अाराधना गरी कोजाग्रत पूर्णिमा मनाइँदै

  •      /७ कार्तिक २०७५, बुधबार ०५:२२ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज सम्वाददाता
    आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा। धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा अाराधना गरिँदैछ। कोजाग्रत पूर्णिमाको साँझ समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने विधान पुराणहरूमा पाइन्छ। यो दिन रातभरि जाग्राम बसी लक्ष्मीको आराधना गर्नाले समृद्धि प्राप्त हुने मान्यता छ।

    वर्षको एक पटक यो दिन चन्द्रमाको सोह्र कलाले पूर्ण हुने बताइन्छ। शरद पूर्णिमाको दिनदेखि भगवान् श्रीकृष्णले रासलीला गरेको पुराणमा उल्लेख छ। विजयादशमीका दिन सुरु भएको टीका जमरा लगाउने क्रम पनि बिहीबार सम्पन्न हुँदैछ। विजयादशमीदेखि चतुर्दशीसम्म पनि टीका लगाउन नभ्याएकाहरूलाई पूर्णिमाका दिन बिहान टीका लगाउने र जमरा तथा दशैँका पूजासामग्री सेलाउने चलन छ।

    कोजाग्रत पूर्णिमाका दिन नेपालका राष्ट्राध्यक्षले भक्तपुरस्थित नवदुर्गा शक्तिपीठ पुगी दर्शन गर्ने परम्परा छ। राजतन्त्र हुँदा राजा शक्तिपीठ पुग्थे भने गणतन्त्र अाइसकेपछि राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपति जाने गरेका छन्। वैष्णव परम्पराअनुसार धर्मअनुसार यसै दिन कार्तिक स्नान सुरु हुन्छ।

    आकाशमा तारा छँदै बिहान सबेरैतुलसीको पूजा गर्नुपर्छ भन्ने मान्यता छ। साँझमा तुलसीको मठमा आकाशदीप बाल्ने परम्परा छ। एक महिनासम्म कार्तिक शुक्ल एकादशीमा तुलसी विवाह गरी द्वादशीका दिन होम गरेपछि चतुर्मास सम्पन्न हुने पं. बालमुकुन्द देवकोटाले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.