पोखरा न्युरोडबाट ३ सय ५६ थान लागुऔषध सहित दुइ पक्राउ
/८ कार्तिक २०७५, बिहीबार १३:२२ , प्रकाशीत
शुृभेच्छा न्यूज सम्वाददाता
पोखरा । कास्की प्रहरीले पोखराको न्युरोडबाट लागुऔषध सहित दुइ जना युवालाई पक्राउ गरेको छ । न्यूरोडबाट अवैध रुपमा लागू औषध विक्रि गर्न लागेको गोप्य सूचनाका आधारमा कास्की प्रहरीले उनीहरुलाई लागू औषध सहित पक्राउ गरेको छ ।
प्रहरी निरिक्षक गणेश सुवेदीको कमाण्डमा खटिएको टोलीले ३ सय ५६ थान लागु औषध सहित पोखरा ७ रत्नचोकका २३ वर्षिय सन्दिप गुरुङ र पोखरा ५ पस्र्याङका ३० वर्षिय अभिनाश गुरुङलाई बुधवार पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले लागुऔषध २६१ एम्फुल, ८७ थान डाइजापाम, ८७ थान फेनरागन, ८७ थान ब्रुफिनर्फिन र ९५ थान नाइट्रोसन चक्कि बरामद गरेको छ ।
उनीहरुलाई बिहीबार लागुऔषध सम्बन्धी मुद्धामा म्याद थप गरी कारबाही अगाडी वढाएको कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।

Related