• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा डेंगू संक्रमण फैलीदै ,२२ जनामा संक्रमण भेटियो

  •      /१० कार्तिक २०७५, शनिबार ०५:१८ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज सम्वाददाता
    पोखरा /पोखरामा डेंगू संक्रमितको संख्या बढेको छ। असोज यता पोखराका विभिन्न अस्ततालमा २२ जनामा डेंगूको संक्रमण भेटिएको छ। पोखराका गण्डकी मेडिकल कलेज, चरक मेमोरियल र फेवासिटी अस्पतालमा परीक्षणमा आएका २२ जनामा डेंगूका बिरामी भेटिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए।

    उनले पोखरा महानगरपालिको वडा नम्बर ८ वरपरबाट धेरै डेंगूको विरामी आएको बताए।उनले असोजदेखि कात्तिक ९ गतेसम्म २२ जनामा संक्रमण डेंगूको विरामी भेटिएको बताए ।

    लामखुट्टेबाट हुने डेंगू रोग नियन्त्रण तथा रोकथामका लागि समुदाएमा अभियान चलाएको उनले बताए। विशेषगरी डेंगू रोग असोज र कात्तिक महिना बढी भेटिने गरेकाले पनि रोकथामका अभियान चलाएको उनले बताए। ‘डेंगूका सार्ने लामखुट्टेले दिउँसोमा टोक्छ’, उनले भने ‘सफा पानीमा फुल पार्दछ, त्यसै पानीलाई छोपरे मात्रै राख्नुपर्छ।’

    उनले घरदैलोमा पुगेर पोथी जातका लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा फुल पार्ने गरेको बताए । पोखरामा भेटिएका डेंगूका विरामीहरु अधिकांश भारत, तराई र कतारबाट आएकाको परिवारमा देखिएको बताए ।

    चिकित्सकका अनुसार संक्रमित लामखुट्टेले टोकेपछि करिब ४८ घन्टाभित्र रगतमा भाइरस फैलिने बताए । त्यही अवस्थामा अर्को लामखुट्टेले बिरामीलाई टोकेर स्वस्थ मानिसलाई टोके रोग सर्छ गण्डकी मेडिकल कलेजका मेडिकल विभागमा कार्यरत डाक्टर दुर्गा ढुङ्गानाले बताए ।

    लामखुट्टेले टोकेपछि रोगको लक्षण देखिन ३ देखि १४ दिनसम्म लाग्नसक्छ।  पहिलोपटक संक्रमण फैलिएका ठाउँमा सामान्य रूघाखोकी र ज्वरोको लक्षण देखिने उनले बताए। यस्तोमा रूघाखोकी र ज्वरोका सामान्य औषधि खाएर निको हुनसक्छ।

    दोस्रोपटक भने फरक भाइरस भएको लामखुट्टेले टोक्दा जटिलता बढ्न सक्ने बताए। उनले गण्डकी मेडिकल कलेजमा पर्वत, स्याङजा लगाएतका जिल्लाबाट समेत डेंगूका विरामी आएको बताए। उनी उपचारपछि घर फर्किएको उनको भनाई थियो।

    डेंगी संक्रमणले शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित हुन्छ। यसले घातक रूप लिँदा छाला, पेट, आन्द्राजस्ता शरीरका भित्री भागमा रक्तस्राव हुने र बिरामीको मृत्यु समेत हुन सक्ने चिकित्सकको भनाई छ।
    setopati

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.