शुभेच्छा न्यूज संम्वाददाता
पोखरा– आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने आइसिसी वर्ल्डकप क्रिकेटको ट्रफी पोखरामा प्रदर्शन भएको छ ।नेपाल टुरमा रहेको विश्वकपको ट्रफी पोखरा प्रिमियर लिगका बीच शनिबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सार्वजनिक गरिएको हो ।
नेपाली क्रिकेटका राष्ट्रिय युवा खेलाडी सन्दीप लामिछानेले ट्रफी सार्वजनिक गरे ।यसअघि विश्वकपको ट्रफी काठमाडौंको स्वयम्भूमा सार्वजनिक भएको थियो ।
ट्रफीलाई फेवातालको किनारमा समेत सार्वजनिक गर्ने कार्यक्रम छ । ट्रफी सार्वजनिक भइरहँदा पोखरा प्रिमियर लिगअन्तर्गत दोस्रो दिनको पहिलो खेलमा बुटवल ब्लास्टर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइहेको थियो ।

Related