पोखरा / कास्की प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका १३ मियापाटनस्थित प्रतिक्षालयमा लागुऔषध रहेको शंका गरी चेकजाँच गर्दा प्रहरीले मियापाटनकै २८ वर्षका सुजन बराललाई पक्राउ गरेको हो।
बरालको साथबाट प्रहरीले २३ थान डाइजोपाम, २३ थान फेनरागन, २३ थान नुर्फिन बरामद गरेको छ। त्यस्तै उनको साथबाट प्रहरीले २० हजार १५ रुपैयाँ पनि बरामद गरेको छ। प्रहरी उक्त घटनामा थप अनुसन्धान गरिरहेको जनाएको छ।
शुभेच्छा न्यूज संवाददाता

Related