• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

काठमाडौद्धारा बिराटनगर ५ विकेटले पराजित

  •      /१२ कार्तिक २०७५, सोमबार ०८:२२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पाेखरा/पाेखरामा जारी पिपिएलमा विराटनगर टाइटान्सले लगातार तेस्राे हार ब्यहाेरेकाे छ । पहिलाे जितकाे खाेजी गर्दै मैदानमा उत्रिएकाे विराटनगर काठमाडाैसंग ५ विकेटले पराजित भयाे ।

    काठमाडाै राेयल्सविरुद्दकाे अाफ्नाे तेस्राे खेलमा पहिलाे जितकाे खाेजिसहित टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले काठमाण्डाैसामू ७ विकेटकाे क्षतिमा १५० रनको मध्यम चुनौति पेश गरेको थियाे । जसलाइ काठमाडाैले ४ बल बाँकी छँदै पुरा गर्याे । काठमाडाैकाे जितमा भारतिय खेलाडी गाैरब तमाेरले अलराउण्ड प्रदर्शन गरे । ४६ बलकाे सामना गरेका उनले ६६ रनकाे अर्धसतकिय पारी खेले ।

    जसमा ६ चाैका र ३ छक्कासमेत समावेश थियाे । काठमाडाैकाे जितका लागि अमित श्रेष्ठले ३५ तथा कप्तान ज्ञानेन्द्र मल्लले १७ रनकाे याेगदान गरे । बिराटनगरकाे बलिङ्तर्फ साहब अालमले २ तथा कप्तान सन्दिप लामिछाने, जितेन्द्र मुखिया र किशाेर महताेले समान एकएक विकेट लिए ।

    यता, राम्राे अाेपनिङ् गरेकाे विराटनगरका लागि पाकिस्तानी खेलाडी माेहम्मद जैन अालमले सर्वाधिक ६७ रनकाे याेगदान दिएपनि विराटनगरलाइ जाेगाउन सकेनन् । ४७ बल खेलेका उनले ७ चाैका र ४ छक्काकाे मद्दतमा उक्त याेगफल तयार पारेका हुन् ।

    विराटनगरका लागि सुनिल धमला र राजेश पुलामी मगरले समान ३० रन बटुले भने अन्य कुनैपनि ब्याट्सम्यानले दाेहाेराे याेगफल तयार पार्न सकेनन् । बलिङ्तर्फ काठमाडाैका सुसान्त भारी, बसन्त रेग्मी र गाैरब तमाेरले समान २ विकेट लिएका थिए । विराटनगरका प्रदिप एेरी रनअाउन भएका थिए ।

    जितसंगै काठमाडाै २ खेलबाट ४ अंक बटुल्दै अंकतालिकाकाे दाेस्राे स्थानमा छ । समान २ खेल जितेकाे बुटवल ब्लास्टर्स रनरेटका अाधारमा अंकतालिकाकाे शिर्ष स्थानमा छ भने तीन खेलमा लगातार हार ब्यहाेरेकाे बिराटनगर अंकतालिकाकाे पुछारमा छ ।

    यसअघि विराटनगर घरेलु टोली पोखरा पल्टन र धनगढी ब्लुजसँग पराजित भएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.