शुभेच्छा न्यूज संम्वाददाता
पोखरा – कास्कीको माछापुच्छ्रे गाउँपालिका खोरको मुखमा एक बृद्धाको हत्या भएको छ । घरमा उनीमात्र भएको मौका छोपेर कात्तिक ११ गते राति ७९ वर्षकी कौशिला गुरुङको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
बृद्धालाई राति उनकै कोठामा ढुङ्गाले हानेर हत्या गरिएको आशंका गरिएको कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए । ‘घटनाको प्रकृति हेर्दा ढुङ्गाले हानेर हत्या गरेको देखिन्छ’ रानाले भने ‘बृद्धाले लगाएका सुनका गहनाका लागि हत्या भएको देखिन्छ ।’हत्याराले बृद्धाले लगाएको दुईवटा सुनका बाला र सिक्री लगेको छन्।
हत्यागरिएकी बृद्धा जेठा छोरासँग बस्दै आएकी थिइन् । कात्तिक १० गते जेठा छोरा आफन्तको घरमा धान काट्न गएकाले आइतबार राति उनी घरमा एक्लै थिइन् । छोरा १२ गते दिउँसो घर आएपछि आमाको खोजी गरेका थिए ।
घरको ढोकामा बाहिरबाट ताल्चा लगाएको देखेपछि उनले आमालाई फोन गरेका थिए तर फोन घर भित्र नै बजेपछि भ्यालबाट हेर्दा आमा मृत अवस्थामा भेटिएकी थिइन् ।
त्यस लगत्तै प्रहरी र छिमेकीलाई खवर गरी ढोकाको चाल्चा फोेडेर हेर्दा हृद्धा कोठामै मृत अवस्थामा भेछिएकी थिइन। घटनाको बारेमा थप अनुसन्धान भइरहेको र घटनामा संलग्न छिटै पत्ता लाग्ने एसपी रानाले जानकारी दिए ।

Related