सर्लाहीमा ने क पा र कांग्रेस कार्यकर्ताबीचको झडपमा गोली चल्यो,कांग्रेस कार्यकर्ताको मृत्यु
तपाईको प्रतिक्रिया





काठमाडौं : सर्लाहीको रामनगर गाउँपालिका ४ मा आज बिहान नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी एक जनाको मृत्यु भएको हो।
झडपका क्रममा नेपाली कांग्रेसका कार्यकर्ता राम विलास महतोको मृत्यु भएको हो। सर्लाहीका जिल्ला प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलका अनुसार महतोको गोली लागेर मृत्यु भएको हो। त्यस्तै अन्य केही गोली लागेर घाइते भएका छन्।
‘झडप भएको हो तर घटनाको कारण खुल्न सकेको छैन। अनुसन्धान जारी छ,’ एसपी पोखरेलले पहिलोपोस्टसँग भने,‘अहिलेसम्म कोही पक्राउ परेको छैन।’
सोमबार ने क पाका कार्यकर्ताहरूले वडा अध्यक्ष रामनरेश महतोलाई कुटपिट गरेपछि नेकपा र कांग्रेसका कार्यकर्ताहरुबीच झडप भएको हो। ने क पाका कार्यकर्ताहरूले वडा अध्यक्ष महतोको घर पनि तोडफोड गरेका छन्।
Related