• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा २० लाख पर्यटक ल्याउने तयारी तिब्र,२० लाख पर्यटक गनेरै देखाउने पर्यटन मन्त्री उद्घोष

  •      /१४ कार्तिक २०७५, बुधबार १३:०७ ,  प्रकाशीत
  • माधब पराजुली,

    पोखरा / उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले सन् २०२२ मा २० लाख पर्यटक गण्डकी प्रदेश भित्र्याएरै छोड्न् ठोकुवा गरेका छन् । बुधबार नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले आयोजना गरेको टुरिजम् उद्यमी सिड क्याम्प लाई सम्बोधन गर्दै मन्त्री लम्सालले प्रदेश सरकारले २० लाख पर्यटक भित्र्याउन तयारी थालिसकेको बताए ।

    सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको वर्ष २०२० लाई कतिपयले निकै महत्वाकाङ्क्क्षी वर्षका रूपमा विश्लेषण गर्दै आएको चर्चा समेत गरे ।

    सन २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरेर सोहीअनुसार पर्यटक भित्र्याउन अहिलेदेखि नै तयारी गर्न थालेका छौँ मन्त्री लम्सालले भने पर्यटन विभाग,पर्यटन बोर्ड, पर्यटन मन्त्रालयले आआफ्ना क्षेत्रबाट पर्यटकीय क्षेत्रका बारेमा प्रचार प्रसार थालिसकेका छौँ ।सरकारले लिएको लक्ष्य पूरा गर्न पर्यटक जाने स्थानसम्म सडक, हवाइ तथा होटल,रेष्टुडेन्ट,होमस्टे लगएतको सुविधाका कामलाई तीव्रता दिएको बताए ।

    पर्यटन बर्षको सन्देश र लोगो बिभिन्न भाषामा बनाएर प्रचार भईरहेको जनाउदै उनले पछिल्लो समय भारत, चीन र संयुक्त अमेरिका, जापान, नेदरल्याण्ड जस्ता देशका पर्यटकहरु नेपालमा धेरै आउने देशको सूचीमा रहेको उल्लेख गरे । नेपालमा पछील्लो समय चिनियाँ पर्यटकहरूको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै गएको मन्त्री लम्सालको भनाई थियो ।

    यद्यपी चिन र भारतका पर्यटकहरु सोचे अनुसार भने भित्र्याउन नसकिएको बताए । उनले अन्तर्रा्ष्ट्रिय बजारमा नेपालको पर्यटन क्षेत्रको बारेमा प्रचार प्रसार गर्न विदेशस्थित नियोगहरूलाई पनि परिचालन गरिने बताए ।

    मन्त्री लम्सालले स्वदेशमै उत्पादन हुने हस्तकला, शालिग्राम,चिया,प्रसिद्ध पर्यटकिय स्थलको तस्बिर जस्ता बस्तुहरु पर्यटकलाई मायाको चिनोको रुपमा प्रदान गर्ने गरि तयारी गर्न सबैमा अपिल गरे । सरकारले आर्थिक समृद्धिको आधारमध्ये पर्यटन क्षेत्रलाई लिएको चर्चा गर्दै प्राकृतिक,सांस्कृतिक तथा मानव निर्मित पर्यटन प्रोडक्टबाटनै सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने दाबी गरे ।

    नेपालमा पर्यटक आगमनको सङ्ख्यामा सुधार हुँदै गएको दाबी गर्दै मन्त्री लम्सालले नेपालमा आउने बिदेशी पर्यटकलाई अतिथि देवो भवः अर्थात पाहुनालाई भगवान ठानेर न्यानो आतिथ्यता प्रदान गनुपर्नेमा जोड दिए । उनले उक्त कार्यक्रममाले पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    नेपाल पर्यटन बोर्ड वरिष्ठ निर्देशक कासीराज भण्डारीले पर्यटन वृद्धिका लागि नयाँ चिज तथा पर्यटन क्षेत्रको डिजिटलाइजेसनमा जोड दिए ।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणी लामिछानेले सरकारले लिएको लक्ष्य अनुरूप आन्तरिक तथा पर्यटन प्रवद्र्धनमा अभियान नै चलाएको बताए ।

    लामो समयसम्म पर्यटकबाट कसरी फाइदा लिने, उद्यमी कसरी बन्ने, नेपालको प्रचार कसरी गर्ने, उत्पादनमा नयाँपन कसरी ल्याउने भन्ने विषयमा ज्ञान प्रदान गर्ने गरी उक्त कार्यक्रम आयोजना गरिएको र यसै सम्बन्धी तालिम समेत सञ्चालनमा ल्याउन लागेको बोर्डले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.