शुभेच्छा न्यूज संम्वाददाता पोखरा । नेपाल भ्रमणको क्रममा पोखरा आएको चीनियाँ पत्रकार टोलीले महानगर प्रमुख जिसींसग बुधबार साँझ भेट गरेकोे छ । चाइना पत्रकार संघका महासचिव पाङ ग्याङ नेतृत्वमा आएको सात सदस्यीय टोलीले प्रमुखसंग भेट गरेको हो ।
भेटमा बोल्दै प्रमुख जिसीले पोखरा प्राकृतिक रुपमा सुन्दर शहर भएको बताउदै चीनमा प्रचार प्रसार गरिदिन आग्रह गरे । विश्वकै उत्कृष्ट १० शहरहरु माध्य घुम्नै पर्नेमा पर्ने भएकाले पोखराका बारेमा कलम चलादिनुहोला उनले भने । प्रमुख जिसीले चीनका विभिन्न आठ शहरसंग पोखरा महानगरपालिले भगिनी सम्वन्ध स्थापित गरेको जानकारी दिए ।
पत्रकार संघ चीनका कार्यकारी महासचिव पाङ ग्याङले चीन र पोखरा वीच सहयोग आदान प्रदान भैरहेको बताउदै पोखराको भ्रमण गर्न पाउदा रमाइलो भएको बताए । उनले चीन र पोखराको सम्वन्ध विगत देखि रहेको बताउदै अझै सहयोग आदान प्रदान हुने बताए ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले नेपाल र चीनका पत्रकार वीचको सम्वन्ध र सहयोगलाई निरन्तता दिन दुवै देशका पत्रकावीच भ्रमण भैरहेको बताए ।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । नेपाल भ्रमणको क्रममा पोखरा आएको चीनियाँ पत्रकार टोलीले महानगर प्रमुख जिसींसग बुधबार साँझ भेट गरेकोे छ । चाइना पत्रकार संघका महासचिव पाङ ग्याङ नेतृत्वमा आएको सात सदस्यीय टोलीले प्रमुखसंग भेट गरेको हो ।

Related