• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तपाईंको आजको राशिफल – वि.सं. २०७५ कार्तिक १७ गते शनिबार

  •      /१७ कार्तिक २०७५, शनिबार ०३:०० ,  प्रकाशीत
  • मेष

    मंगलबार सम्म समय अनुकुल देखिन्छ । उद्योग पराक्रम बढ्नेछ । सहज तरिकाले कार्य सम्पादन हुने छन् । परिश्रमको परिणामले सन्तोष बनाउनेछ । महत्वकाँक्षी योजना अगाडि बढ्ने छन् । सुखद दामपत्य जीवनको सुरुवात नहोला भन्न सकिन्न । विदेश यात्राको योग देखिन्छ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । शेष दिन भने त्यति राम्रो देखिदैन । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । चिन्ता थपिनेछ । निराशा बढ्नेछ । परिवारिक खर्च बढ्ला । विश्वास टुट्नेछ । अलस्यता बढ्नेछ ।
    बृष

    विहिबार सम्म समयले पूर्ण साथ दिनेछ । अबरुद्ध काम बन्ने छन् । कार्य क्षमता बढ्ला । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । भोज भतेर सभा समारोहमा भाग लिने अवसर मिल्नेछ । राजनैति क्षेत्रबाट लाभान्वित हुनुहुनेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । तर लगानीमा विचार पु¥याउनु होला । साताको अन्तिम दिन भने कमजोर देखिन्छ । खर्च विवाद एवं आरोप प्रत्यारोपमा दिन वित्नेछन् । व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन । राज्यसँग सम्बन्धित काममा झै झमेला हुनेछ । कार्य क्षेत्रमा दुष्टहरुको आगमन हुनेछ ।
    मिथुन

    शनिबार र आइतबार फजुल खर्च वृद्धिले संचित धन घट्नेछ । आफन्तका कारण विवादमा परिनेछ । अतिथि सत्कारमा समय दिनु पर्नेछ । सोमबार बाट समयले साथ दिनेछ । काम गर्ने उत्साहामा वृद्धि हुनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । कार्य क्षमता बढ्नेछ । भोज भतेर सभा समारोहमा भाग लिने अवसर मिल्नेछ । बुधबार र विहिबार आर्थिक करोवार नगर्नु होला क्षति हुनसक्छ । वाहाना बनाएर धन माग्न सक्छन् होशियार रहनु होला । वोलिको अनर्थ लगानउन खोज्ने छन् । विश्वास घात हुनसक्छ । शुक्रबारको दिन भने उत्तम रहेकोछ ।
    कर्कट

    शनिबार र आइतबार आय आर्जनका दृष्टिले साताकै उत्तम दिन रहने छन् । गरेका अधिकाँश काम सफल हुनेछन् । सोमबार र मंगलबार खराव देखिन्छ,काम गर्दा सचेत रहनु होला । नयाँ लगानी नगर्नु होला । अन्य दिन भने अनुकुल रहेका छन् । पुराना काम फस्र्योट हुनेछन् । सरल बिधिबाट अधुरा कार्य सम्पादन हुनेछन् । उद्योग,धन्दा बन्द व्यापारबाट आम्दानी बढ्नेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । आध्यात्मिक एवं भौतिक सुख शान्ति मिल्नेछ । आफन्त तथा साथी भाईबाट सहयोग सहानुभूति मिल्नेछ । साझेदारी काममा भने हात नहाल्नु होला ।
    सिंह

    कार्य सम्पादन र आम्दानीका हिसावले मंगलबार सम्म समय अनुकुल रहेकोछ । पुराना समस्या समाधान हुनेछन् । राजनीतिमा चासो बढ्नेछ । साथी भाई,ईष्टमित्रको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट लगानी अनुसारको प्रतिफल मिल्नेछ । अधुरा कामले पूर्णता पाउनेछ । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । उद्योग पराक्रम बढ्नेछ । बुधबार र विहिबार साता कै कनिष्ठ दिन देखिन्छ । जहाँ हात हाल्यो त्यहि नोक्सान हुनेछ । जोखिम मोलेर कुनै काम नगर्नु होला । चोटपटक आदिको भय देखिन्छ । शेष दिन भने रमाईलोमा वित्ने छन् ।
    कन्या

    समग्रमा साता उत्तम देखिन्छ । कामका दृष्टिले गतिशिल देखिन्छ । स्वास्थ्य स्थिति अनुकुल रहनेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । रोकिएका काम पुन अगाडि बढ्ने छन् । काम गर्दा सानातिना समस्या आउने छन् तर ती गर्दै जादा समाधान हुनेछन् । आस्था र विश्वास बढ्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट आम्दानी हुनेछ । हिजो असहयोग गर्नेहरु सहयोग गर्न अगाडि आउने छन् । साताको अन्तिम दिन शुक्रबार भने कमजोर देखिन्छ । सतर्क रहनुहोला खति धेरै हुन सक्छ ।
    तुला

    शनिबार र आइबार समयले साथ दिने छैन । काममा विभिन्न खालका समस्या आउने देखिन्छ । अहार विहार नमिल्दा स्वस्थ्यमा समस्या आउनेछ । आफन्तसँगको विश्वास गुम्नेछ । विचार पु¥याउन नसके इज्जत प्रतिष्ठामा आच आउनेछ । संचित धनमा ह्रास आउनेछ । सोमबार देखि भने समयमा पूर्ण सुधार आउनेछ । रोकिएका कामले विस्तारै आफ्नो गति समाउनेछ । मानसिक तनाब घट्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घरमा मांगलिक कार्य हुनेछ । सहयोगी मनहरु भेटिने छन् । हेलचक्र्याईबाट बच्नु होला ।
    बृश्चिक

    काम र आम्दानीका हिसावले शनिबार र आईतबार शुभ रहेका छन् । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आयात निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । परिणाम मुखी काम हुनेछन् । प्रयत्न गर्दा नयाँ काम हात पर्नेछ । रजोगुण बढ्नेछ । सोमबार र मंगलबारको समय भने अत्यन्त खराव देखिन्छ । कुनै काममा जोखिम नउठाउनु होला । स्वास्थ्यमा ध्यान दिनुहोला । मानसिक तनाव बढ्नेछ । बुधबार देखि भने समयमा विस्तारै सुधार आउनेछ । कार्य लगनशिलता बढ्नेछ । उपकारी काम हुनेछन् ।
    धनु

    मंगलबारसम्म समयले साथ दिनेछ । तर हेलचक्र्याई गरेर काम नगर्नु होला । काममा शत्रुको बक्रदृष्टि पर्नेछ । प्रयत्न गर्दा धेरै ठाँउमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । प्रयत्नबाट नै नयाँ काम हात पर्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । बुधबार देखि समयले साथ दिने छैन । काममा विभिन्न खालका समस्या आउनेछन् । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अशुभ समाचारले तनाव बढाउनेछ । संचित धन क्षय हुनेछ । विश्वास गरेकाले धोका दिने छन् ।
    मकर

    साताका अधिकाँश दिन अनुकुल देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भर विश्वासमा गरेका काम विग्रिने छन् । कार्य सम्पादन गर्दा धेरै संघर्ष गर्नु पर्नेछ । विचार पु¥याउन नसके श्रमको मुल्य चुकाउनु पर्नेछ । मुद्धा मामिलाको सम्भावनालाई नकार्न सकिन्न । साझेदारी काममा हात नहाल्नु होला । स्वतन्त्र व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विदेश यात्राको योग देखिन्छ । साताको अन्तिम दिन शुक्रबार प्रतिकुल रहेकोछ । स्वास्थ्यमा समस्या आउनेछ । खर्च बढ्नेछ । काममा अवरोध आउनेछ ।
    कुम्भ

    प्रारम्भमा खर्च बढ्नेछ । पारिवारिक समस्या बढ्नेछन् । कार्य लगशिलता घट्नेछ,बढाउनु पर्ने देखिन्छ । काम गर्दा अनावस्यक विषयमा विवाद पर्नेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । अरुको भर विश्वासमा मात्रै काम गर्दा आफुलाई घाटा हुनेछ । सातको अन्त्यतिर प्रयत्न गर्दा केहि नयाँ काममा हात सक्छन् । घर परिवारबाट सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । हेलचक्र्याई नगरि आफै लगनशिल भई गरेका काम सफल हुनेछन् ।
    मीन

    शनिबार र आइतबारकार्य सम्पादनका दृष्टिले राम्रै देखिन्छ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । पुराना समस्या समाधान हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सोमवार देखि भने समयले त्यति साथ दिनेछैन । पारिवारिक खर्चमा वृद्धि हुनेछ । शारीरिक शिथिलता बढ्नेछ । अलमलमा पर्दा कामले गति लिने छैन । काम प्रतिको लगाव घट्ने देखिन्छ । विश्वासको संकट पर्नेछ । धन क्षय हुनेछ ।विरोधीहरु बढ्नेछन् । काममा प्रतिश्पर्धा बढि गर्नु पर्ला । परिश्रमको मुल्य पाईनेछैन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.