सरकार माओवादी वार्ताका मध्यस्थकर्ता पद्मरत्न तुलाधरको निधन
/१८ कार्तिक २०७५, आईतवार ०९:०१ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता काठमाडौं । मानवअधिकार अन्दोलनका चर्चित नेता पद्यरत्न तुलाधरको निधन भएको छ ।राजधानीको नर्भिक अस्पतालमा उपचाररत तुलाधरको ७८ वर्षको उमेरामा आज (आइतवार) निधान भएको हो ।
अस्पतालका सूचना अधिकारी आरपी मैनालीले मानवअधिकारकर्मी तुलाधरको १२ः४५ बजे निधन भएको पुष्टि गरे ।गत शुक्रबारबाट स्वास्थ्यमा समस्या आएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । तर, उनलाई अन्नपूर्णबाट नर्भिक अस्पताल रिफार गरिएको थियो ।
चिकित्सकका अनुसार तुलाधरलाई मस्तिष्कघात भएको थियो ।तुलाधरका ज्वाई गौरी प्रधानका अनुसार तुलाधरको सोमबार अन्त्येष्टि गरिने तय भएको जानकारी दिए/
पञ्चायत कालमा बामपन्थीहरूको प्रतिनिधिका रूपमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भएर व्यवस्था विरुद्धमा तुलाधरले आवाज उठाएका थिए ।साथै उनले माओवादीसँग सरकारले वार्ता गर्दा मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका थिए ।
शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौं । मानवअधिकार अन्दोलनका चर्चित नेता पद्यरत्न तुलाधरको निधन भएको छ ।राजधानीको नर्भिक अस्पतालमा उपचाररत तुलाधरको ७८ वर्षको उमेरामा आज (आइतवार) निधान भएको हो ।

Related