• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लगानीको अबसर खोज्दै इथियोपियाका पूर्वप्रधानमन्त्री पोखरा भ्रमणमा

  •      /१९ कार्तिक २०७५, सोमबार ०६:१७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोेखरा । इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले नेपालकाे पर्यटकीय नगर पाेखरा भ्रमण गरेका छन्। प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहित १२ जना संलग्न टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राट पाेखरा भ्रमणमा अाएका हुन्।

    आफ्नो तीन दिने भ्रमणका क्रममा उक्त टोलीले पोखरामा विदेशी लगानीको सम्भाव्यता अध्ययनसमेत गरेको युवा व्यवसायी तथा समाजसेवी पदमराज पौडेलले जानकारी दिए। नेपालमा स्थिर सरकार गठन भएसँगै विकासको गति सहज भएको भन्दै आर्थिकस्तर बलियो बनाउन सकिने टोलीले विश्वास व्यक्त गरेको छ।

    पूर्वप्रधानमन्त्री तम्राटको टोलीले नेपालमा पर्यटन र कृषिको क्षेत्रमा उल्लेख्य फड्को मार्न सक्ने सम्भावना रहेको ठहर गरेको छ। भ्रमण दलका सदस्य तथा अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृत बेन स्मिथले भने, ‘नेपालको विकासका लागि पर्यटन र कृषि क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ।’

    यसैबीच टोलीले पोखरा महानगरपालिका–३१, बेगनासस्थित आनन्द ज्योति माविको स्थलगत अवलोकन भ्रमण गर्दै आर्थिक सहयोगसमेत गरेको छ।उक्त विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि २ हजार ५ सय अमेरिकी डलर टोलीले सहयोग गरेको हो।

    कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री एवं संघीय सभासद् खगराज अधिकारीले यस क्षेत्रमा भएको लेन सम्राटको भ्रमणले समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.