• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सिगात्से–केरुङ रेलमार्ग निर्माण सुरु, २०२२ सम्ममा रेल्वे लिंक काठमाडौं आइपुग्ला ?

  •      /२४ माघ २०७४, बुधबार ०४:०२ ,  प्रकाशीत
  • २४ माघ, काठमाडौं । आज बुधबार, राजधानीबाट प्रकाशित अखबारहरुले विविध विषयहरुलाई समाचार बनाएर छापेका छन् । यद्यपि, पहिलो पृष्ठमा छापिएका केही समाचारहरुमा समानता छ ।

     

    आज हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको विषयलाई कान्तिपुरबाहेकका सबै दैनिक पत्रिकाहरुले पहिलो पृष्ठमा ‘कभरेज’ गरेका छन् । अन्नपूर्ण पोस्ट, नागरिक र राजधानी दैनिकले यसलाई मुख्य समाचार नै बनाएका छन् भने नयाँ पत्रिकाले पनि पहिलो पृष्ठमा समेटेको छ । कान्तिपुरले भने यो समाचारलाई चौथो पृष्ठमा लेखेको छ ।

    सर्वोच्च अदालतले अजयराज सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकम प्रालिको खातामा विभिन्न बैंकमा रहेको रकम रोक्का नगर्न नेपाल राष्ट्र बैंकका नाममा मंगलबार जारी गरेको अन्तरिम आदेशलाई पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर समाचार लेखेका छन् । राष्ट्र बैंकले लामो समयदेखि व्यवसायी सुमार्गीले स्याटेलाइटको नाममा इन्भेस्टमेन्ट बैंकमा राखेको रकमको स्रोत नखुलेको भन्दै रोक्का गरेको थियो । सर्वोच्चको आदेशपछि उनले उक्त रकम निकाल्न पाउने भएका छन् ।

    केरुङबाट काठमाडौं रेल ल्याउने चर्चा लामो समयदेखि हुँदै आएको छ । अब भने सिगात्सेबाट केरुङसम्म रेल ल्याउने काम सुरु हुन लागेकाे छ । केरुङ–काठमाडौं रेलमार्ग निर्माणको विषयलाई आज नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । उसले आठ महिनापछि भारतीय रेलमार्ग नेपालमा जोडिन लागेको समाचारलाई पनि लेखेको छ ।

    यसका अतिरिक्त धुर्मुस सुन्तलीले निर्माण गरेको नमूना सन्तपुर मुसहर बस्ती राष्ट्रपतिले मंगलबार हस्तान्तरण गरेको, सम्बन्धन अनियमिततामा ४३ लाई कारबाही सिफारिस गरिएकोलगायत समाचारलाई पनि पत्रपत्रिकाहरूले उत्तिकै महत्त्व दिएर छापेका छन् ।

    कहिले आउला चिनियाँ रेल ?

    चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण बल सुरु गर्ने भएको छ । ५४० किमि लामो सो रेलमार्ग निर्माणपछि नेपाल–चीन (केरुङदेखि काठमाडौं) रेल यातायातमा जोडिने बाटो खुल्ने समाचार आजको नयाँ पत्रिकामा छ ।

    चिनियाँ योजनाअनुसार २०२० सम्म सीमावर्ती तिब्बती सहर केरुङसम्म रेल आइपुग्नेछ । त्यसपछिका दुई वर्ष अर्थात् सन् २०२२ मा रेल्वे लिंक काठमाडौंसम्म जोड्न सकिने चिनियाँ विज्ञले बताउँदै आएका छन् ।

    समाचार अनुसार चालू आर्थिक वर्ष ०७४–७५ मै नेपाल–चीन जोड्ने केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्यन अघि बढाइने भएको छ । चालू आवको बजेटमा विनियोजित पाँच करोड रुपैयाँले सम्भाव्यता अध्ययनको थालनी गर्ने तयारीमा रेल विभाग पुगेको महानिर्देशक अनन्त आचार्यले नयाँ पत्रिकालाई बताएका छन् ।

    काठमाडौंदेखि केरुङसम्मको अनुमानित सय किलोमिटर लामो रेलमार्ग निर्माणका लागि २८० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । नेपालमा रेलमार्ग विकासबारे स्थलगत अध्ययन भ्रमण गरेका चिनियाँ रेल्वे प्रशासनका उच्च तहका अधिकारीहरुले सो अनुमान गरेका हुन् । समाचार अनुसार नेपाल–चीन जोड्ने रेल प्रतिघन्टा १२० देखि १६० किलोमिटर गतिमा गुड्नेछ ।

    चिनियाँ रेल नेपाल भित्रिन केही समय लाग्ने देखिए पनि भारतीय रेल भने अबको आठ महिनापछि नेपालमा जोडिँदै छ ।

    नयाँ पत्रिका दैनिकका अनुसार भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । सरकारले रेलको प्रबन्ध गरे आगामी कात्तिकदेखि रेल गुड्न सक्नेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.