शेयर कारोबारमा ऐतिहासिक फड्को, अनलाइन प्रणाली लागू
/२० कार्तिक २०७५, मंगलवार ०५:१८ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता पोखरा। नेपाल स्टक एक्सचेन्ज लमिटेड (नेप्से) ले मंगलबारबाट पूर्ण स्वचालित (फुल्ली अटोमेटेड) अनलाइन प्रणाली सेयर कारोबार लागू गरेको छ ।
ब्रोकरहरुले आजै देखि यहि प्रणालीमा रहेर शेयर किनबेच गर्ने तथा गराउनेछन् । लगानीकर्ताले आफैँले प्रयोग गर्न भने केहि समय पर्खनुपर्नेछ । पुरानो सिस्टम मंगलबारदेखि नै बन्द भएको नेप्सेले जनाएको छ ।
ब्रोकर अभ्यस्त भएपछि मात्र अनलाइन प्रणाली पूर्णरुपमा लगानीकर्ताको हातमा छाडिने भएको छ । त्यसपछि भने लगानीकर्ता आफैंले खरिदबिक्री आदेश दिन सक्ने नेप्सेले जनाएको छ ।
आजबाट सुरु भएको पूर्ण स्वस्चालित अनलाइन प्रणालीले शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने र नेपालको पूँजी बजार विकास र विस्तारको कोशेढुंगा सावित हुने विश्वास गरिएको छ ।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा। नेपाल स्टक एक्सचेन्ज लमिटेड (नेप्से) ले मंगलबारबाट पूर्ण स्वचालित (फुल्ली अटोमेटेड) अनलाइन प्रणाली सेयर कारोबार लागू गरेको छ ।

Related