• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बैकहरुमा निक्षेप घटेसंगै निजी सवारीसाधनलाई दिदिैं आएको कर्जामा कडाई, ५० प्रतिशत डाउन पेइमेन्ट अनिर्वाय

  •      /२० कार्तिक २०७५, मंगलवार ११:५८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    पोखरा। सवारीसाधनमा बैंकहरुले लगानी गर्न पाउने यसअघिको कर्जा सिमालाई घटाएर ५० प्रतिशतमा झारेको छ । नेपाल राष्ट्र बैंकले आज एक सकुर्लर जारीगर्दै यसअघि ब्यवस्था गरिएको ६५ प्रतिशतको सिमामा रोकलगाएको हो ।

    पछिल्लो समय सवारीसाधन आयात उच्च बढेको भन्दै राष्ट्र बैंकले सवारी कर्जाको सिमामा कडाई गरेको हो, अब बैंकले सवारीसाधनको मूल्यमा ५० प्रतिशत मात्रै कर्जा प्रबाह गर्न पाउने छन् ।

    केन्द्रिय बैंकले सवारीसाधनमा कडाई गरेसँगै नाडाले सबै ब्यवसायीसँग छलफल गरेर अगाडि बढ्ने योजना बनाएको छ । ‘तिहारको मुखमा केन्द्रिय बैंकले कर्जामा कडाई सर्कुलर आएको भन्ने सुनेका छौं अब सम्बन्धीत सबै निजी क्षेत्रका सरोकारवाला निकायसँग छलफल गरेर अगाडि बढ्ने छौं’ नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले मेरोअटोसँग भने ।

    ‘हरेक वर्ष लगानी योग्य रकमको अभाव हुने गरेको छ । यसको स्थाई समाधान भेट्टाउन सरकार, केन्द्रिय बैंक वा अन्य सरोकारवाला निकायले नसक्ने तर, जहिलेपनि अटोमोवाइल सेक्टरमा लगानी गयो भन्दै अंकुस लगाउने काम भएको छ’ नाडाका निर्वतमान अध्यक्ष अञ्जन श्रेष्ठले  भने  ।

    श्रेष्ठ भन्छन् ‘अहिलेपनि राज्यको ढुकुटीमा २५० अर्ब रुपैयाँ थन्केर बसेको छ तर, बजारमा लगानी योग्य रकमको अभाव भइरहेको छ । आर्थिक विकासको लागि चाहिने स्रोत नै व्यवस्थापन हुन सकेको छैन ।’

    सरकारले यसअघि पनि निजी सवारीसाधनमा जाने कर्जामा कडाई गर्दै ५० प्रतिशतमा झारेको थियो भने गत मौद्रिक नीतिमार्फत ६५ प्रतिशत बनाएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.