कास्की । ‘सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ’ भन्ने नाराका साथ पर्यटकीय नगरी पोखरामा बिहिवार देखि १९ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ। रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत १८ वर्ष देखी महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सव बिहिवार देखि सुरु भएर यही पुष १७ गतेसम्म सञ्चालन हुने छ।पाँच दिन सम्म सञ्चालन हुने सडक माहोत्सवमा करिव पाँच लाख आन्तरिक तथा बाह्यि पर्यटक भित्राउने आयोाजकको दावी छ।
महोत्सव लेकसाइडको हल्लनचोकबाट सुरुभएर विभिन्न सास्कृतीक झाँकी सहितको ¥यालीले कोमागाने पार्क पुगेर औपचारीक कार्यक्रममा परिणत भएको थियो। महोत्सवको सांसद रविन्द्र अधिकारीले उद्घाटन गरेका थिए । पोखराको फिस्टेल गेट देखि डिहिकोपाटन सम्मको करिब ३ किलोमिटरको खुल्ला सडकमा पाँच दिनसम्म महोत्सव सञ्चालन गरिएकोछ।
महोत्सव संचालन हुने दायाँबाँयाका सडकहरुमा रङगरोगन गरिएको छ भने रङगीचङगी धोजा पताकाले टागेर सिगारिएको छ । अग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरीएको महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा स्टेज र विभिन्न परिकारका खाने कुरा, लत्ताकपडा, बाल उद्यान लगायतको स्टलहरु राखिएका छन्।
सडक महोत्सवको उद्घाटनमा प्रदेश एकको झापाबाट सतार जातीको सांस्कृतिक कार्यक्रम, प्रदेश २ को जनपुरबाट मैथली साँस्कृतिक कार्यक्रम, प्रदेश तिनको काठमाडौबाट नेवारी जातीको सांस्कृतिक कार्यक्रम, प्रदेश चार बाट गुरुङ समुदायको जातीय सांस्कृतिक कार्यक्रम, प्रदेश पाँचको बर्दियाबाट थारु जातीको साँस्कृतिक कार्यक्रम, प्रदेश छ को हुम्लाबाट हुम्लेली जातीको सांस्कृतिक कार्यक्रम र प्रदेश सातको डडेल्धुराबाट देउडा जातीको सांस्कृतिक कार्यक्रम सहित भारत, चिन, कोरिया लगायत देशका सांस्कृतिक टोलीले आफनो साँस्कृतिक प्रस्तुती गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि एवं सांसद रविन्द्र अधिकारी अवको चार वर्षमा विमानस्थल निर्माण संगै यसक्षेत्रको विकास र समृद्धिको ढोका खोल्ने बताउदै पोखरालाई खेलकुद पर्यटन, साहासीक पर्यटनको गन्तब्यका रुपमा विकास गदै विश्वकै उत्कृष्ट शहर बनाउन सकिने बताए। उनले पोखरा र यस आसपास, छिमेकी जिल्लाहरुको पर्यटकीय सम्भावनाको खोजी गदै अगाडी बढनुपर्नेै खाँचो औल्याउदै मुस्ताङको कोरलानाका, मध्यपहाडी मार्ग, पोखरा लुम्विनी सडक विस्तार लगायतका काम गर्न सके पर्यटकीय विकासमा फड्को मार्न सकिने बताए।
‘पर्यटन क्षेत्रमा यस्ता मेला महोत्सवले आन्तरिक तथा बाह्यि पर्यटक आगमनमा सधाउ पु¥याउँछ’उनले भने। ‘पर्यटक लक्षित यस्ता कार्यक्रमले आन्तरिक तथा बाह्यि पर्यटक प्रबर्धनमा टेवापुग्छ।’
नेपालको पर्यटन क्षेत्रमा यस मौसमलाई अफसिजनको रुपमा लिइने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न महोत्सव महत्वपूर्ण हुने प्रदेश सांसद विन्दु कुमार थापाले बताए।
‘पोखरामा पर्यटनको अथाह सम्भावना रहेकोले यहाँ रहेका ताल तलैयाको संरक्षण र सम्बर्धन गर्नुपर्छ’ उनले भने।
पोखरामा आन्तरिक तथा बाह्यि पर्यटक प्रवर्धन गर्न महोत्सवको आयोजना गरिएको रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले बताए।‘यस महोत्सवले पोखराको पर्यटन ब्यवसायलाई सन्जीवनी सावित हुनेछ’उनले भने।‘आन्तरिक तथा बाह्यि पर्यटक प्रवद्र्धनमा सधाउ पु¥याउनने छ।’
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबादुर जिसी, प्रदेश सांसद कृष्ण थापा, दिपक कोइराला, राजीव पहारी, जीवन बराल, क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्मा लगायतले नेपालको पर्यटन विकास विश्वबजारमा पु्¥याउन महोत्सवले महत्वपूर्ण भुमिका खेलेको बताए।
त्यसैगरी छिमेकी ६ जिल्लामा उत्पादन भएका सुन्तला तथा कृषिजन्य पदार्थको प्रदर्शनी, सडकमै राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय खानाका परिकार, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुनेछन् । सडक महोत्सवबाट पोखराका होटल तथा महोत्सव स्थलमा गरी करिव ५० करोड रुपैयाँ कारोबार हुने आयोजकको अनुमान छ ।

Related