• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अाज गोवर्धनपूजा, किन गरिन्छ गाई र गोरुको पूजा

  •      /२२ कार्तिक २०७५, बिहीबार ०४:०८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा। कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन, गोवर्धनपूजा। यो दिन बिहानै गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ।

    भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि गोवर्धन पर्वतको पूजा गर्ने परम्परा चलेको पुराणहरूमा उल्लेख छ। गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत पार्न नहुने सन्देश पाइन्छ। गोवर्धनपूजाका अवसरमा देवालय तथा अन्य बाटाहरूमा तोरण टाँग्ने लगायतका कार्य गरेर उत्सव मनाउने विधान छ।

    धार्मिक ग्रन्थअनुसार गोबर्धन पूजाको दिन बलिराजाको पूजा गरिन्छ। यो दिन राम्रो लगाउने, नाचगान गर्ने, मिठो खाएर रमाइलो गर्नुपर्ने शास्त्रमा उल्लेख छ। रमाइलो नगरे वर्षदिनसम्म गरेका धर्मको फल बलिराजालाई जानेछ भन्ने वरदान भगवान् विष्णुले बलि महाराजलाई दिएको पुराणमा उल्लेख भएको पुराणज्ञाता प्रियंवदा काफ्ले बताउँछिन्। उत्सव मनाउने, नाचगान गर्ने जस्ता पुराणका निर्देशअनुसार नेपाली समाजमा देउसी ९द्यौसी० खेल्ने परम्परा छ।

    देउसीसँगै स्थान विशेषअनुसार बालन, खैंजडी भजन गाउने्खेल्ने चलन पनि छ। यो अवसरमा रमाइलो गरेर बिताउनेको वर्ष रमाइलो हुने उल्लेख छ। बिहीबार नै गाई, गोरुको पूजा पनि गरिँदैछ। गाई, गोरुको पूजा गरी अनुकुलको पदार्थ खुवाउने र खुल्ला छोडिदिने चलन छ। लक्ष्मीको स्वरूप औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा उपयुक्त हुने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए।

    स्थानीय गाईको दूध बालकदेखि वृद्धसम्मका लागि उपयोगी मानिन्छ। दूधबाट बन्ने दही र घ्यु पनि पोषिला हुन्छन्। गोबर र गहुँतमा असाध्य रोग निको हुने अौषधीय गुण हुने बताइन्छ। गाईलाई सनातन वैदिक समाजमा लक्ष्मीकै स्वरूप मानी पूजा गर्ने चलन छ।

    नेपाली समाजमा श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधेको डोरो ९रक्षासूत्र० यो दिन गाईका पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि वैतरणी नदी तर्न सजिलो हुन्छ भन्ने लोकविश्वास छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.