पोखराको पृथ्वीनारायण क्याम्पसमा नेविसंघ र प्रहरीबीच झडप
/२६ कार्तिक २०७५, सोमबार १४:२४ , प्रकाशीत
शुृभेच्छा न्यूज संम्वाददाता
पोखरा ।पृथ्वीनारायण क्याम्पसमा नेपाल विद्यार्थी संघका विद्यार्थी र प्रहरी बीच झडप भएको छ । पृथ्वीनारायण क्याम्पस अगाडि प्रधामन्त्री ओलीको पुतला दहन गर्ने क्रममा पुत्ला जलाउन नपाउँदै प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको नेविसंघका नेता सागर सापकोटाले बताए ।
‘शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेका थियौं । प्रधानमन्त्रीको पुत्ला जलाउन नपाउँदै प्रहरीले खोस्यो, उनले भने–हामीले पनि त्यसको प्रतिबाद गर्न खोज्दा प्रहरीले लाठी चार्ज गरेको हो । विद्यार्थीले पनि ढुंगा बर्साए का थिए।
झडपमा परी नेविसंघ केन्द्रिय सदस्य गोपाल गुरुङ, पिएन क्याम्पसका सभापति रेशम हमाल, नेविसंघ नेताहरु अनिश पाण्डे र विकास खत्री सामान्य घाइते भएका छन् । प्रहरीले चाहीँ घटना सामान्य भएको बताएको छ ।
काभ्रेस्थित दशरथ माविका नेवि संघ इकाई सभापति कृष्ण ढकालको रिहा गर्न माग गर्दै नेवि संघले सोमबार प्रधानमन्त्री ओलीको पुतला दहन गर्ने कार्यक्रम राखेको थियो । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीको कार्टुन शेयर गरेको भन्द्र प्रहरीले ढकाललाई नियन्त्रणमा लिई मुद्दा चलाएको छ ।

Related