उच्च अदालत कास्कीबाट घुस लिदालिदै पक्राउपरेका सरकारी वकिल थापा बिरुद्ध मुद्धा
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौँ । उच्च अदालत सरकारी वकिल कार्यालय कास्कीबाट मुद्दा मिलाइदिने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका सरकारी वकिल (सह–न्यायाधिवक्ता) सुरेन्द्रबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
थापालाई अख्तियारले सेवाग्राहीसँग लिँदै गरेको पाँच लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो। अख्तियारले कार्यालयमै घुस लिँदै गरेको अवस्थामा थापालाई असोज २४ गते पक्राउ गरेको थियो।
अख्तियारले थापाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)बमोजिम कसुर गरेको ठहर गर्दै पाँच लाख रुपैयाँ बिगोदाबी गरेको छ। यस्तै बिगो बमोजिमको जरिवानाको दाबी पनि अख्तियारले गरेको छ।
Related